१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख १९ बुधबार १३:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सामाजिक सञ्जालमा टिप्पणी गर्ने युवकलाई कुट्ने वडाध्यक्षको समूहविरुद्ध अभद्र व्यवहार मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:४o:oo

सामाजिक सञ्जालमा वडाको विकासलाई लक्षित गरी टिप्पणी गर्ने युवकलाई कुटपिट गर्ने वडाध्यक्ष र उनका समूहविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ।

बाराको परवानीपुर गाउँपालिका– २ रामपुर टोकनीका वडाध्यक्ष डेब्बा भन्ने नोरुलहोदा अन्सारीसहित आठजनाविरुद्ध बारा प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको हो। उनीहरूको कुटाईबाट स्थानीय सन्दीप रायभर घाइते भएका छन्।

साउन ११ गते भएको घटनाको ८ दिनपछि शुक्रबार प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको बाराका प्रहरी उपरीक्षक होवीन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार पीडित पक्षले कुटपिटको घटनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न जाहेरी ल्याए पनि त्यसअनुसारको प्रमाण नभएकाले अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको हो।

प्रहरीले मुद्दाको प्रक्रिया अगाडि बढाइसकेकाले आरोपितहरूलाई पक्राउ गरी कानुनी प्रक्रियामा जाने प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए। केही महिनाअघि सामाजिक सञ्जालमा वडाको विकासलाई लक्षित गरी आलोचना गरेको भन्दै वडाध्यक्ष अन्सारीको समूहले गत बिहीबार साँझ रातभरमाथि कुपपिट गरेको थियो।

रातभरको खुट्टा र पिठ्युँमा चोट लागेको छ। उनी वीरगन्ज बिर्तास्थित मेट्रो अस्पतालमा १० दिनको उपचार गराएर शनिबार डिस्चार्ज हुँदै छन्। प्रहरी पीडककै पक्षमा रहेको भन्दै रातभरले आफूले न्याय नपाउने गरी मुद्दालाई हलुको बनाएर प्रहरीले उनीहरूलाई संरक्षण गरेको दाबी गरेका छन्।
 

ad
ad