Skip This
हेवाखोला बाढीपीडितलाई संखुवासभा समाज कतारको नगद सहयोग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १९ शुक्रबार
  • Saturday, 27 July, 2024
नवीन गुरुङ संखुवासभा
२o८o श्रावण १९ शुक्रबार १२:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेवाखोला बाढीपीडितलाई संखुवासभा समाज कतारको नगद सहयोग

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८o श्रावण १९ शुक्रबार १२:४९:oo

संखुवासभाको पाँचखपन र चैनपुर नगरपालिकाबीचमा रहेको हेवाखोला बाढीपीडितलाई संखुवासभा समाज कतारले नगद सहयोग उपलब्ध गराएको छ।

शुक्रबार एक कार्यक्रमबीच हेवाखोलामा आएको बाढीको कारण मृत्यु तथा बेपत्ता हुने पाँचखपन नगरपालिकाका चारजना र चैनपुर नगरपालिकाका एकजना गरी पाँचजनाको परिवारलाई संखुवासभा समाज कतारले प्रतिपरिवार ४३ हजारका दरले कुल दुई लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो। 

बाढीपीडितहरूलाई पाँचखपन नगरपालिकाका मेयर विपिन राई र संखुवासभा समाज कतारका सदस्य पृथबहादुर थापाले संयुक्त रूपमा नगद रकम हस्तान्तरण गरेका थिए।

कार्यक्रममा पाँचखपन नगरपालिकाका मेयर राईले दुःखको समयमा प्रवासमा रहेका साथीहरूको पहलबाट राहत रकम संकलन गरेर पठाएकोमा संखुवासभा समाज कतारलाई धन्यवाद दिए।

गत २ असारको राति आएको अविरल वर्षाले पाँचखपन र चैनपुर नगरपालिकाबीचमा रहेको हेवाखोलामा बाढी आउँदा सुपरहेवाखोला हाइड्रोपावारमा कार्यरत १६ जना, अपरहेवाखोला हाइड्रोपावारमा एकजना, अमर कन्स्ट्रक्सनमा एकजना र सभापोखरी– २ सुनाम्लामा दुई गरी २० जनाको मृत्यु भएको थियो। 

यसअघि संखुवासभा सेवा समाज काठमाडौंले पनि एक लाख रुपैयाँ राहत रकम हस्तान्तरण गरेको थियो। यस्तै, पाँचखपन नगरपालिकाले जनही ५० हजार रुपैयाँका दरले नगद सहयोग गरेका थिए।