१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o६:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

पासपोर्टको संकट टर्‍यो  : तीन महिनापछि थप पासपोर्ट आउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:१५:oo

फ्रान्सेली कम्पनी आइडिमियालाई दुई वर्षभित्र २८ लाख पासपोर्ट छपाइको जिम्मा

सरकारको भेरिएसनमार्फत २८ लाख थान पासपोर्ट खरिद गर्ने निर्णय कार्यान्वयनमा गएपछि पासपोर्टको आसन्न संकट टरेको छ । मौज्दात रहेको पासपोर्टले दुई महिना धान्ने र त्यसबीचमा नयाँ पासपोर्ट प्राप्त हुने राहदानी विभागले जनाएको हो । 

अब पासपोर्ट अभाव हुँदैन : सुरेन्द्रकुमार यादव महानिर्देशक, राहदानी विभाग 
सेप्टेम्बरसम्म पुग्ने मौज्दात छ, यसबीचमा खरिद भएको पासपोर्ट पनि आइपुग्नेछ । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा गइसकेको छ । पाँच महिनामा अर्को टेन्डर आह्वान गर्ने गरी तयारीका काम पनि भइरहेका छन् । अब पासपोर्ट अभाव हुँदैन ।

एक महिनाअघि सरकारले सम्भावित संकट समाधानका लागि फ्रान्सेली कम्पनी आइडिमियाबाट दुई वर्षभित्र २८ लाख थान पासपोर्ट खरिद गर्ने निर्णय गरेको थियो । राहदानी विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले भने, ‘हामीसँग सेप्टेम्बरसम्म पुग्ने मौज्दात छ, यसबीचमा खरिद भएको पासपोर्ट पनि आइपुग्नेछ । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा गइसकेको छ । अब पासपोर्ट अभाव हुँदैन ।’ 

फ्रान्सेली कम्पनी आइडिमियाले चार वर्षअघि ठेक्का प्रक्रियाबाट २० लाख पासपोर्ट छपाइको जिम्मा पाएको थियो । आसन्न संकटलाई मध्यनजर राख्दै सरकारले आइडिमियालाई दुई वर्षभित्र २८ लाख पासपोर्ट छपाइको जिम्मा दिइसकेको छ । यसबाहेक थप ५० लाख थान नयाँ पासपोर्ट छपाइका लागि टेन्डर प्रक्रिया पनि अघि बढेको छ । ‘अब पाँच महिनामा टेन्डर आह्वान गर्ने गरी तयारीका काम भइरहेका छन्,’ यादवले भने । अहिले ३४ पृष्ठको सानो पुस्तिका सकिएको छ । पुरानै मूल्यमा ६६ पृष्ठको पासपोर्ट वितरण भइरहेको छ । 

फ्रान्सेली आइडिमियाले ३४ पृष्ठको सानो पुस्तिका १०.४५ अमेरिकी डलर र ६६ पृष्ठको ठूलो पुस्तिकाको १०.९५ अमेरकी डलरमा उपलब्ध गराएको थियो । अब ३४ पृष्ठको पासपोर्ट कपीको विगतको भन्दा सस्तोमा उपलब्ध गराउन आइडिमिया तयार भएको छ । ०७८ मंसिरदेखि विभागले ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण थालेको थियो । त्यसयता २३ लाख थान पासपोर्ट छपाइ भएको छ । 

करिब साढे तीन वर्ष ठेक्का प्रक्रियामा अल्झेको विभागले फ्रान्सेली कम्पनी आइडिमियालाई विद्युतीय राहदानी छाप्ने जिम्मा दिएको थियो । यही कम्पनीले छपाएको मेसिन रिडेबल पासपोर्ट ११ पुस ०६७ देखि वितरण भएको थियो । त्यसअघि नेपालमा हस्तलिखित राहदानी वितरण हुँदै आएको थियो । फ्रान्सेली कम्पनी ओभरथरको नाम पछि आइडिमियामा परिवर्तन भएको थियो । करिब १३ वर्षदेखि नेपालको पासपोर्ट छपाइमा यो कम्पनी संलग्न रहँदै आएको छ । 

ad
ad