१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o९:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

कौसी क्विन– २०८० को आवेदन खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:४७:oo

कौसी खेती प्रवर्द्धनका लागि चौथो ‘कौसी क्विन– २०८०’ को आवेदन खुला गरिएको छ । प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले विगत तीन वर्षदेखि कौसी क्विन प्रतियोगिता आयोजना गर्दै आएको छ । 

कौसी खेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने यस प्रतियोगितामा भाग लिनका लागि कौसी खेती गर्दै गरेको कम्तीमा दशवटा फोटो र दश मिनेटसम्मको भिडियोे हलोखबर डटकमको इमेल आइडीमा पठाउनुपर्ने आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठले बताए । 

प्रतियोगितामा सहभागी हुनेहरूले एक हजारबराबरको कौसी खेतीका सामग्री पाउने उनले बताए । प्रतियोगिताको उपाधि विजेता अर्थात् कौसी क्विनले ३० हजार मूल्यबराबरको ग्रिन हाउस, फस्ट रनरअपले २० हजार, सेकेन्ड रनरअपले १५ हजार र थर्ड रनरअपले १० हजार रुपैयाँबराबरका सामग्री पाउनेछन् । आवेदनका लागि भदौ १५ गतेसम्म समय तोकिएको श्रेष्ठले बताए । 

ad
ad