१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o८:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

१६औँ योजनाको अवधारणापत्र पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o८:१९:oo

राष्ट्रिय योजना आयोगले १६औँ योजनाको अवधारणापत्र पारित गरेको छ । राष्ट्रिय योजना आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बुधबार बसेको पूर्ण बैठकले आयोगले तयार पारेको १६औँ योजनाको अवधारणापत्र पारित गरेको हो । ०८० माघ मसान्तसम्म १६औँ योजनाका पूर्ण दस्तावेज स्वीकृति गरी प्रकाशन गर्ने आयोगको तयारी छ ।  

बैठकमा प्रधानमन्त्री दाहालले योजनाको पूर्ण दस्तावेजमा २०१३ सालदेखि बनेका आवधिक योजनाको संक्षिप्त समीक्षा समावेश गर्न निर्देशन दिए । उनले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धि’को सोच लिएको १६औँ योजनाको मूल उद्देश्य राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्नु, स्वास्थ्य, शिक्षा, रोजगारी, आवासलगायतका क्षेत्रमा सामाजिक न्याय स्थापित गर्नु र सामाजिक जीवन, आर्थिक विकास र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु हुनेछन्  ।’ १६औँ योजनाले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा दिने भएकाले तोकिएको लक्ष्य हासिल हुनसक्ने आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले बताए । 

अवधारणापत्रले १२ वटा रूपान्तरणकारी क्षेत्र पहिचान गरेको छ । जसमध्ये समष्टिगत आर्थिक आधारको सबलीकरण, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, मर्यादित समावेशी रोजगारीका अवसरको सिर्जना, मानव पुँजी निर्माण र उत्कृष्ट जनशक्ति योजना, सर्वसुलभ स्वास्थ्य प्रणालीलगायत १६औँ योजनाको संरचनात्मक रुपान्तरणका क्षेत्र छन् ।

ad
ad