Skip This
सन्दीप विकेटविहीन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १७ बुधबार
  • Saturday, 13 July, 2024
२o८o श्रावण १७ बुधबार o७:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सन्दीप विकेटविहीन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १७ बुधबार o७:४८:oo

 नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने पहिलोपटक क्यानडामा चलिरहेको ग्लोबल टी–२० खेलमा विकेटविहीन भएका छन् । उनी आबद्ध सर्रे जगुआर्स प्लेअफमा छनोट भएको छ ।

मंगलबार राति भएको खेलमा जगुआर्सले ब्रैम्प्टन वुल्भ्सलाई ६ विकेटले पराजित गर्दै एक खेलअगाडि नै प्लेअफमा स्थान बनाएको हो ।

ब्रैम्प्टनले दिएको १ सय २९ रनको लक्ष्य जगुआर्सले १८.४ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो । जगुआर्सका लिन्टन दासले ४५ बलमा ५९ रन र कप्तान इफ्तिखार अहमदले अविजित ३८ रन बनाए । सन्दीपले ३ ओभरमा २५ रन खर्चिंदा विकेट लिन सकेनन् । 

ad
ad
ad
ad