१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
तेजराज भट्ट सुर्खेत
२o८१ बैशाख १९ बुधबार o६:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बजेट नआएपछि धनगढी र सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको सेवा ठप्प

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:४७:oo

चालू आर्थिक वर्षका लागि संघ सरकारले बजेट विनियोजन नगरेपछि धनगढी र सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको सेवा ठप्प भएको छ । यी प्रयोगशालाले १५ साउनबाट  अतिआवश्यकबाहेक सबै प्रकारका सेवा बन्द गरेका छन् । धनगढीस्थित प्रयोगशालाका प्रमुख डा. नरेशप्रसाद जोशीले पशुचौपायामा व्यापक मात्रामा रोग देखिएको अवस्थामा बाहेकका सेवा बन्द गरिएको बताए । यो प्रयोगशालाले सुदूरपश्चिमका नौवटै जिल्लाका पशुचौपायामा देखिएको रोग परीक्षण, निदान, खोप वितरणलगायत सेवा प्रदान गर्दै आएको छ ।

प्रयोगशाला बन्द भएपछि पशुपन्छीका खोप वितरण कार्य पनि रोकिएको छ । प्रयोगशालामा अहिले खोरेत, पिपिआर, रेबिजलगायत रोगका आठ लाख खोप मौजदात रहेको प्रयोगशाला प्रमुख जोशीले जानकारी दिए । ती खोप जिल्लाहरूलाई वितरण र व्यवस्थापन गर्न बजेट नरहेको उनले बताए । धनगढी प्रयोगशालामा चार पशु चिकित्सकसहित १४ जना कर्मचारी कार्यरत छन् ।

सुर्खेतस्थित कर्णाली प्रदेश पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सक डा.जितेन्द्र श्रेष्ठले कुनै पनि शीर्षकमा बजेट नआएको बताए । ‘हामीले कर्णाली प्रदेशका १० जिल्ला र लुम्बिनी प्रदेशका ६ वटा जिल्ला हेर्दै आएका छौँ,’ उनले भने, ‘तर, सरकारले बजेटको व्यवस्था नगर्दा अब बन्द गर्नुपर्ने अवस्था आइपुगेको छ ।’ पशु तथा पशुजन्य पदार्थको उत्पादन र उत्पादकत्व वृद्धिका लागि विभिन्न रोग बाधक हुने हुँदा पशुपन्क्षीजन्य रोगलाई नियमित सर्भिलेन्स तथा प्रयोगशाला परीक्षण गरी समयमै औषधि, उपचार तथा रोकथामका विधि अपनाई रोग उन्मूलन गर्ने उद्देश्य प्रयोगशाला स्थापना गरिएको भए पनि संघ सरकारको उपेक्षाले सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको प्रयोगशालाका पशु चिकित्सकसमेत रहेका सूचना अधिकारी डा. जितेन्द्र श्रेष्ठले बताए । 

सुदूरपश्चिम र कर्णालीमा केही समययता पशुचौपायामा लम्की स्किन, अफ्रिकन स्वाइन फिबर, रेबिजस्ता रोग फैलिएको छ । यही वेला रोग परीक्षण र निदान गर्ने तथा आवश्यक खोप उपलब्ध गराउने निकाय बन्द हुँदा रोग नियन्त्रणमा असर पर्ने देखिएको छ । 

पशु क्वारेन्टिन सेवा पनि बन्द
संघ सरकारले बजेट नदिएपछि धनगढी र महेन्द्रनगरको नाकामा रहेका पशु क्वारेन्टिन चेकपोस्ट पनि बन्द गरिएका छन् । चेकपोस्ट बन्द हुँदा भारतबाट आउने पशुजन्य उपजको परीक्षण रोकिएको छ । ‘कार्यालयका लागि बजेट शून्य छ । परीक्षण किटसमेत नभएपछि तत्कालका लागि सेवा बन्द गरेका छौँ,’ पशु क्वारेन्टिन कार्यालय कञ्चनपुरका प्रमुख डा. उत्तम आयार्चाले भने, ‘अर्थ मन्त्रालयबाट कुनै पनि दायित्व सिर्जना हुने काम गरे व्यक्ति स्वयंले व्यहोर्ने भन्ने परिपत्र आएको छ ।’
भारतबाट आउने पशुजन्य सामग्री परीक्षणका लागि दुई नाकामा क्वारेन्टिन राखिएको छ । सरकारले प्लान्ट, पशु, खाद्य क्वारेन्टिन मर्ज गर्ने निर्णय गरेको बुझिएको उनले बताए । ‘मर्ज नहुन्जेलसम्म क्वारेन्टिन सञ्चालनको व्यवस्था गर्नुपर्ने हो,’ आचार्यले भने ।  

ad
ad