१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १६ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १६ मंगलबार ११:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डोजर तेर्स्याएर प्रधानमन्त्रीनिवासअगाडि निर्माण व्यवसायीको विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १६ मंगलबार ११:५२:oo

निर्माण व्यवसायीले निर्माण यन्त्रहरू तेर्स्याएर प्रधानमन्त्रीनिवासअगाडि विरोध प्रदर्शन गरेका छन्।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भई निर्माण व्यवसायीहरूले डोजर र अन्य निर्माण यन्त्रहरू सडकमा राखेर विरोध प्रदर्शन गरेका हुन्।

विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरूलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने बताए। 

नेपाल सरकारले बनाएका चार खर्बभन्दा बढी योजनाको सुनिश्चितता गरेका भए पनि स्राेत नभएको योजनाहरूको म्याद थप गर्न लागेको बताउँदै उनले सरकारले त्यस्ता योजनाको म्याद एक वर्ष थप गर्ने भने पनि भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता योजना खारेज गर्नुपर्ने माग राखे। 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण व्यवसायीलाई काममा फर्काउन ठोस कार्ययोजना बनाई माग सम्बोधन गर्नुपर्नेमा जोड दिए। 

उनीहरूले सम्झौता गरेका माग कार्यान्वयन नभएसम्म र सम्पूर्ण ठेक्काको एकमुस्ट म्याद थप नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए।