मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
मोहन विष्ट कञ्चनपुर
२०८० श्रावण ११ बिहीबार १७:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा कल बाइपास गर्ने तीनजना पक्राउ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०८० श्रावण ११ बिहीबार १७:२४:००

अवैध अन्तर्राष्ट्रिय कल बाइपास गर्ने तीनजना कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले महेन्द्रनगरबाट कल बाइपास गर्ने तीनजनालाई पक्राउ गरेको हाे।

महेन्द्रनगरमा घर भाडामा लिएर कल बाइपास गर्ने तीनजनालाई पक्राउ गरिएकाे सिआइबीले विज्ञप्तिमार्फत जनाएकाे छ। सिआइबीले जारी गरेको विज्ञप्तिअनुसार भीमदत्त नगरपालिका १८ महेन्द्रनगर क्याम्पस रोडस्थित (जगंब. मल्ल, दिनेश मल्ल)को घरभाडा लिएर अवैध रूपमा धन्दा चलाएका भारतीय नागरिकसहित दुई नेपाली युवकलाई सिआइबीले पक्राउ गरेको हो।

विगत चार महिनादेखि गैरकानुनी कल बाइपास गर्दै आएका भारतीयसहित दुई नेपाली युवकलाई बुधबार पक्राउ गरिएको छ। सिआइबीअनुसार पक्राउ पर्नेमा भारतको दिल्लीका ४१ वर्षाय गुल्जर अहमद, भीमदत्त नगरपालिका १० जिमुवाका ४७ वर्षीय दीपकसिंह बोहरा र दोधाराचाँदनी नगरपालिका ७ का ४० वर्षीय प्रविन खड्का छन्। उनीहरूको साथबाट प्रहरीले इलेक्ट्रोनिक समाग्री बरामद गरेको छ। टेलिकमको ल्यान्डलाइन फोन, कम्प्युटर, ल्याफ्टअप, ३ थान मोबाइलसमेत बरामद गरिएका छन्। कञ्चनपुर प्रहरी प्रवक्ता प्रकाश डाँगीले थप अनुसन्धान गरेर कानुनी कारबाही अघि बढाइने जानकारी दिए।