१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १० बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका नवलपरासी
२o८o श्रावण १० बुधबार १५:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपरासीमा जंगली च्याउ खाँदा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
२o८o श्रावण १० बुधबार १५:४५:oo

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदिकाली गाउँपालिका– ६ मा जंगली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली– ६ माझडाँडाका ९९ वर्षीया लीला आले र ६६ वर्षीया उमाकुमारी आलेको जंगली च्याउ खाँदा मृत्यु भएको बताए। उनीहरूले गत शुक्रबार स्थानीय जंगलमा पाइने च्याउ  पकाएर खाएका जनाइएको छ।  

जंगली च्याउ खाएकामध्ये ललिता आलेमगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा उनीहरू उपचारपछि निको भएका छन्। बिरामी भएका लीला  र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो। 

स्थानीय नेत्रबहादुर सारूले बिरामी भएका अन्य तीनजना स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि निको भएर घर फर्किएको बताए। गत वर्ष पनि जंगलमा पाइने विषालु च्याउ खाएर स्थानीयको मृत्यु भएको र जंगलमा पाइने विषालु च्याउ खाने चलन नरोकिएकाले बर्सेनि बिरामी हुने समस्या यथावत् रहेको स्थानीयवासी तारा पुलामीले बताए।