Skip This
ad
आर्जन सहकारीमाथि सिआइबीको छानबिन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o८:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

आर्जन सहकारीमाथि सिआइबीको छानबिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:४o:oo

काठमाडौंको टोखास्थित आर्जन सहकारीका सञ्चालकलाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले अनुसन्धान थालेको छ । सहकारीका सञ्चालकले सदस्यहरूको बचत व्यक्तिगत व्यवसायमा लगाएर डुबाएको प्रहरीले जनाएको छ । 

संस्थाका अध्यक्ष दलबहादुर आलेसहितका सञ्चालकलाई पक्राउ गरी अनुसन्धान थालिएको सिआइबीले जनाएको छ । आलेले सहकारीको पैसा जग्गा तथा आफ्नो निजी व्यवसायमा लगाएका थिए । सदस्यहरूको बचत फिर्ता गर्न नसकेपछि पीडितहरू प्रहरीमा गएका हुन् । सोही सहकारीका करिब एक हजार दुई सय सदस्यहरूको करोडौँ रकम फसेको छ । पीडितहरूको उजुरीका आधारमा अध्यक्षलगायत केही सञ्चालकलाई पक्राउ गरी अनुसन्धान थालिएको सिआइबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले बताए । 

सहकारीविरुद्ध गत वैशाखमै बागमती प्रदेशको पर्यटक, उद्योग तथा सहकारी मन्त्रालयमा उजुरी परेको थियो । मन्त्रालयले प्रारम्भिक छानबिन गरी कारबाहीका लागि सिआइबीलाई पत्राचार गरेको हो । सो सहकारीका सञ्चालकहरूमा लीलाधर सापकोटा, राजकुमार गुरुङ, सीता भट्टराई, अनिल शर्मा, कोपिला राणा, अरुणकुमार खनाल र कविता गुरुङ छन् ।  

शिव शिखरका सञ्चालकमाथि संगठित अपराध कसुर
शिव शिखर सहकारीका सञ्चालकमाथि प्रहरीले ठगीका साथै संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । सहकारीको ठगी नेपालमा अहिलेसम्मकै ठूलो ठगी हो, जसले एक लाखभन्दा धेरै सर्वसाधारणको करिब १४ अर्ब रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । सिआइबीले ठगीका योजना रहेका पूर्वअध्यक्ष केदारनाथ शर्मासहित चारजनालाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । ३५ जिल्लामा शाखा रहेको सहकारीका कतिपय सदस्य फरार नै छन् । 

ad
ad