१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o८:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठको पत्रले रोकियो मन्त्रीको शपथ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:२४:oo

नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मंगलबार दिउँसो मन्त्रीको शपथ लिने तयारीमा थिए । उनीहरूलाई अपराह्न ४ बजे शपथग्रहण कार्यक्रम रहेको जानकारी गराइएको थियो । तर, पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले मुख्यमन्त्री कमलबहादुर शाहलाई सरकारमा सहभागी नहुने पत्र पठाएपछि मन्त्री नियुक्ति र शपथ रोकिएको छ । 

नागरिक उन्मुक्तिको संसदीय दलले रामेश्वरलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र कैलाशलाई राज्यमन्त्री नियुक्तिका लागि मुख्यमन्त्रीलाई पत्र पठाएको थियो । त्यहीअनुसार मुख्यमन्त्री शाहले मंगलबार सरकार विस्तारको तयारी गरेका थिए, तर नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले मन्त्रालय भागबन्डा नमिलेकाले सरकारमा सहभागी नहुने पत्र दिउँसो पठाएपछि सरकार विस्तार रोकियो ।

मन्त्रीमा सिफारिस रामेश्वर चौधरी भन्छन्–

मुख्यमन्त्री कार्यालयबाट हामीलाई ४ बजे शपथका लागि बोलाइएको थियो । त्यहीअनुसार तयारीमा थियौँ । तर, पार्टी केन्द्रको पत्र आएपछि अन्तिममा शपथ रोकियो ।

‘मुख्यमन्त्री कार्यालयबाट हामीलाई ४ बजे शपथका लागि बोलाइएको थियो । त्यहीअनुसार तयारीमा थियौँ,’ रामेश्वरले भने, ‘तर पार्टी केन्द्रको पत्र आएपछि अन्तिममा शपथ रोकियो ।’ संसदीय दलले गत ४ साउनमै आफूहरूको नाम सिफारिस गरेर मुख्यमन्त्रीलाई पत्र पठाएको उनले बताए । नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीले मन्त्रालय भागबन्डा नमिलेकाले तत्काल सरकारमा नजाने निर्देशन केन्द्रबाट आएको बताए । नागरिक उन्मुक्तिले दुई मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको थियो । मुख्यमन्त्री शाहले भने एक मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् ।

पार्टी केन्द्रको निर्देशनअनुसार नै यसअघि दुई मन्त्रालय पाउनुपर्ने माग कायम राखेर तत्काल एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा जाने निर्णय दलको बैठकले गरेको नेता चौधरीले बताए । ‘पार्टीले मन्त्री सिफारिस गरेका दुईजनाको आजै शपथ थियो,’ उनले भने, ‘दिउँसो अध्यक्षको पत्र नआएको भए बेलुकी शपथ भइसक्थ्यो ।’ पार्टीबाट मन्त्रीको शपथ कार्यक्रमका लागि सांसदसहित आफू पनि टीकापुरबाट धनगढी आएको उनले बताए । 

उन्मुक्तिका एक नेताले भने आन्तरिक विवादका कारण अन्तिममा शपथ रोकिएको बताएका छन् । सरकारमा कसलाई पठाउने भन्ने विषयमा पार्टी र दलमा विवाद रहेको उनले बताए । नागरिक उन्मुक्तिले प्रदेशमा पनि सरकारलाई समर्थन गरेको छ । अध्यक्ष श्रेष्ठ संघीय सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन् ।

सरकारमा सहभागी नहुने नागरिक उन्मुक्तिको निर्णयसँगै प्रदेश सरकार विस्तारमा थप ढिलाइ हुने देखिएको छ । नियुक्त भएको साढे पाँच महिनासम्म मुख्यमन्त्री शाहले सरकार विस्तार गर्न सकेका छैनन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय साढे ६ महिनादेखि मन्त्रीविहीन छ । मन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा परेर निधन भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि एक महिनादेखि खाली छ ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाह नेतृत्वको सरकारमा माओवादी दुई मन्त्री र एक राज्यमन्त्री तथा एकीकृत समाजवादी एक मन्त्रीसहित सहभागी छन् । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिलाई सरकारमा ल्याउनेबारे छलफल जारी रहेको बताए । 

 

 

ad
ad