१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ८ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ८ सोमबार १५:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले भ्रष्टाचारविरोधी लडाइँ लड्नैपर्छ, सडकबाट साथ हामी दिन्छौँ : विप्लव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ८ सोमबार १५:१३:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुसी लागेको बताएका छन्। माओवादी केन्द्रको महासचिव बन्ने चर्चा भइरहेका वेला उनले सो प्रतिक्रिया दिएका हुन्। 

सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले अहिलेको भ्रष्टाचारविरोधी अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरू सहभागी हुनु खुसीको कुरा भएको बताए। 

भ्रष्टाचारविरोधी लडाइँमा सरकार आफैँ सहभागी हुनु रामो कुरा भएको उल्लेख गर्दै महासचिव विप्लवले त्यसका लागि सरकारलाई आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर साथ दिइरहेको दाबीसमेत गरे। महासचिव विप्लवले दलाल पुँजीवादी व्यवस्था कायमै रहेकाले नेपालमा पनि भ्रष्टाचार मौलाएको जिकिरसमेत गरे। 

श्रेष्ठ गृहमन्त्री भएको भए तत्कालीन समयमा आफ्नो पार्टीमाथि प्रतिबन्ध लाग्दैन थियो कि भन्ने अहिले आफूलाई लागिरहेको बताउँदै उनले भने, ‘अहिले गृहमन्त्री, उपप्रधानमन्त्रीजी जो हुनुहुन्छ। खुसी पनि लागेको छ। नेपाल कम्युनिस्ट पार्टी (माअ‍ोवादी केन्द्र)को नेतृत्वमा सरकार छ । र, हाम्रो उपेन्द्र यादव कमरेड पनि हुनुहुन्छ। अरू समाजवादी पार्टीहरू पनि सबै हुनुहुन्छ। र, एउटा लडाइँजस्तो पनि देखिएको छ। यो राम्रो कुरा हो। हामीले भनेका छौँ– सरकारले त्यो लडाइँ लड्नुपर्छ । सडकबाट हाम्रो पार्टीले जनतालाई एकीकृत गरेर त्यसमा साथ दिन्छ । र, हामीले दिएका पनि छौँ । यो सही कुरा हो । र, यो स्मरणीय कुरा के भएको छ भने हाम्रो पार्टीलाई प्रतिबन्ध लाग्नुभन्दा पहिला नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको भए सायद लाग्दैन थियो होला भन्ने पनि मलाई अहिले सम्झना भइरहेको छ।’