Skip This
सिजी एग्रोटेक र डिएमसिसीबीच एग्री कमोडिटी ट्रेडको सम्झौता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ५ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ५ शुक्रबार १o:२५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिजी एग्रोटेक र डिएमसिसीबीच एग्री कमोडिटी ट्रेडको सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ५ शुक्रबार १o:२५:oo

चौधरी ग्रुपअन्तर्गत रहेको सिजी एग्रोटेकले विश्वको फ्ल्यागसिप फ्रिजोन डिएमसिसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडका लागि सम्झौता गरेको छ । चौधरी ग्रुपले कृषि क्षेत्रमा दक्षिण एसियाका राष्ट्रहरूसँग द्विपक्षीय व्यापार बढाउन मद्दत पुग्ने सोचका साथ सम्झौता गरेको हो ।  

सम्झौतामा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरी र डिएमसिसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीले हस्ताक्षर गरेको जनाइएको छ । यो सहकार्यले डिएमसी र सिजी एग्रोटेकबीच बलियो सम्बन्ध स्थापना हुनुका साथै डिएमसिसीका सदस्य कम्पनीहरूका लागि व्यापार, लगानी र बजार पहुँच बढाउनसमेत सहयोग पुग्ने चौधरी ग्रुपले जनाएको छ । साझेदारीले ज्ञान र सूचनाको आदान–प्रदानलाई बढावा दिनुका साथै कफी, चिया र महको निर्यातमा रहेका अवसर तथा अप्ठ्याराहरूको सम्बोधन गर्न मद्दत गर्ने बताइएको छ । 

सिजी एग्रोटेकका प्रबन्ध निर्देशक चौधरीले डिएमसिसीसँगको साझेदारीले नेपाल–युएईबीच रहेको कृषि–व्यापार सम्बन्ध अझ सुदृढ र बलियो हुने विश्वास व्यक्त गरे । उनले भने, ‘डिएमसिसीसँग रहेका २३ हजार सदस्य कम्पनीहरूको व्यापक नेटवर्कको लाभ उठाउँदै र पारस्परिक रूपमा लाभदायक अवसरहरूको अन्वेषणले द्विपक्षीय व्यापारलाई अझ व्यापक बनाउन हाम्रो क्षमतामा महत्वपूर्ण प्रभाव पार्नेछ ।’ 

डिएमसिसीका चिफ अपरेटिङ अफिसर अहमदीका अनुसार हालका वर्षहरूमा दक्षिण एसियामा कृषि वस्तुको आयातमा उल्लेखनीय वृद्धि भएको छ  । खाद्य सुरक्षामा आएको जागरुकताका कारण विश्वव्यापी रूपमा कृषि वस्तुहरूको माग अझ बढ्ने उनले बताए । उनले भने, ‘यस साझेदारीका माध्यमबाट डिएमसिसीलाई यी व्यापारिक अवसरहरूको मूल्यांकन गर्न मद्दत पुग्नेछ ।’