१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण ३ बुधबार १४:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पार्टीभित्र र बाहिर कांग्रेसको विकल्न खोज्नु देशका लागि दुर्भाग्य : प्रदेश सभापति शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण ३ बुधबार १४:११:००

कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले प्रदेश समितिलाई उपेक्षा गरेको बताएका छन्।बुधबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले प्रदेश समितिलाई उपेक्षा गर्ने गरिएको बताएका हुन्। 

पार्टीका नेताहरू प्रदेश समितिसँग समन्वय नगरीकन सीधै जिल्ला र स्थानीय तहमा जाने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। पार्टीका कार्यक्रमहरूमा प्रदेश कमिटीलाई बाहिरै राख्ने गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा त्यसो नगर्न आग्रहसमेत गरे। 

प्रदेशलाई कम महत्व दिए पार्टी संगठन कमजोर हुने उनको भनाइ छ। उनले जिल्ला समितिहरू प्रदेशप्रति जिम्मेवार हुनुपर्ने बताए। 

उनले प्रदेश सभापतिहरूलाई केन्द्रीय समिति बैठकमा विधानसम्मत् ढंगले उपस्थित गराउन माग गरे। सभापति शर्माले कांग्रेसभित्र र बाहिर कांग्रेसको विकल्प खोज्न थाल्नु देशको लागि दुर्भाग्य भएको बताए।