Skip This
नक्कली शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एसएसपीद्वय कार्की र केसी पुरस्कृत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २ मंगलबार २३:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एसएसपीद्वय कार्की र केसी पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २ मंगलबार २३:o८:oo

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एसएसपीद्वय दानबहादुर कार्की र डा. मनोजकुमार केसी पुरस्कृत भएका छन् । 

प्रहरी महानिरीक्षक वसन्त कुँवरले उत्कृष्ट काम गरेको भन्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी केसीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेका हुन् ।  

विभागीय नीति तथा आदेश निर्देशनलाई आत्मसाथ गरी निर्दिष्ट जिम्मेवारी अनुशासित ढंगले लगनशील, इमान्दार, व्यवसायिक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक प्रशासनिक रूपमा कार्यसम्पादन गरेको भन्दै आइजीपी कुँवरले पुरष्कृत गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले जनाएको छ । 

यो निर्णयले प्रहरी कर्मचारीमा सकारात्मक प्रभाव पर्ने प्रहरी प्रधान कार्यालयको विश्वास छ । 

आइजिपीबाट पुरस्कृत हुने अन्यमा एआइजी मीरा चौधरी, डिआइजी बुद्विराज गुरूङ, सिआइबीकम एसएसपी दिनेश आचार्यदेखि एसपी, डिएसपी, इन्सपेक्टर, प्रहरी हवल्दार र कार्यालय सहयोगीसम्म २४ जना छन् ।