Skip This
ad
बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको छ : मन्त्री महतो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार ११:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको छ : मन्त्री महतो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार ११:५७:oo

वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले आर्थिक वर्ष ०८०/८१ को बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमहरूलाई प्राथमिकता दिइएको बताएका छन् । 

बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री महतोले आर्थिक वर्ष ०८०/८१ को बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको बताए।

उनले त्यसका लागि वृक्षरोपण, बिरुवा उत्पादन, सहरी वन, हरियाली पार्कका कार्यक्रमहरू तीनै तहका सरकार र सरोकारवालाहरूको सहभागितामा कार्यान्वयनमा ल्याइने बताए । त्यसैगरी वन उद्यम प्रवर्द्धन, वृक्षरोपण तथा दिगो वन व्यवस्थापनका लागि तीनै तहबाट समृद्धिका लागि वन कार्यक्रम सञ्चालन गरिने पनि उनले उल्लेख गरे । 

मन्त्री महतोले जडीबुटी उत्पादन, प्रशोधन, भण्डारण, व्यवसायीकरण र विदेश निकासीका लागि जोड दिने गरी बजेट विनियोजन गरिएको बताए । 

ad
ad