१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २५ सोमबार
  • Friday, 09 May, 2025
देश/विदेश
२o८o असार २५ सोमबार ११:o३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चिनियाँ प्रधानमन्त्रीको प्रस्ताव युरोपलाई फाइदाजनक

Read Time : > 2 मिनेट
देश/विदेश
नयाँ पत्रिका
२o८o असार २५ सोमबार ११:o३:oo

चीनमा नयाँ सरकार गठनपछि चिनियाँ प्रधानमन्त्री ली छ्याङले गरेको पहिलो औपचारिक विदेश भ्रमण जर्मनी, फ्रान्स र अन्ततः युरोपका लागि महत्वपूर्ण छ । भ्रमणले लामो समयदेखिको मित्रतालाई सुदृढ गर्ने, सहयोग बढाउने र चीन–युरोप सम्बन्धलाई अगाडि बढाउने चिनियाँ नेताको प्रस्तावलाई सक्रिय रूपमा पछ्याउने अवसरको ढोका खोलेको छ । भ्रमणले यी मुलुकका लागि आन्तरिक र बाह्य अवरोधबाट मुक्त हुँदै चीनप्रतिको आफ्नो जटिल र अन्तक्र्रियात्मक दृष्टिकोणलाई सम्बोधन गर्ने अद्वितीय अवसर पनि प्रदान गरेको छ । युरोपले यसलाई सदुपयोग गर्नुपर्छ ।

यो भ्रमण न युरोपलाई मनमोहक ढंगले ठग्ने चीनको प्रयास हो न त चीनले युरोपलाई पश्चिमा जगत्को कमजोर भागका रूपमा लिँदै शोषण गर्नै खोजेको हो । सरल शब्दमा भन्नुपर्दा चीनको इमानदार इच्छा भनेको कुनै पनि आधारभूत स्वार्थको द्वन्द्व नभएको रणनीतिक साझेदार बाह्य प्रभावबाट प्रभावित र तर्कहीन आन्तरिक भावनाले प्रेरित भएर पारस्परिक लाभको सट्टा आपसी हानिको बाटोतर्फ डोर्‍याउने परिदृश्यबाट बच्नु हो । यसबाट जोगिन चीनले हरसम्भव प्रयास गर्नेछ । 

बर्लिन पुगेपछि प्रधानमन्त्री लीले जर्मन राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरसँग भेट र जर्मन अगुवा व्यापारीसँग वार्ता पनि गरेका थिए । त्यसपछि लीले जर्मन चान्सलर ओलाफ स्कोल्जसँग सातौँ चीन–जर्मनी अन्तरसरकारी परामर्शको सहअध्यक्षता गरेका थिए । चिनियाँ प्रधानमन्त्रीले व्यक्तिगत रूपमा चीनको सद्भावना र इमानदारी व्यक्त गर्दै विभिन्न पेचिला मुद्दामा स्पष्ट पार्दै सकारात्मक छाप छोडेका छन् । यसका अतिरिक्त उनले फ्रान्सको औपचारिक भ्रमण र न्यु ग्लोबल फाइनान्सिङ प्याक्टको शिखर सम्मेलनमा पनि भाग लिए ।

यसको तत्कालको परिणामले चीनप्रति युरोपेली जनमतमा उल्लेखनीय परिवर्तन भएको छ । जनमत विशेषतः अगुवा व्यापारीमाझ थप व्यावहारिक र तर्कसंगत हुँदै गएको छ । २० जुनका दिन स्कोल्जले जर्मनीले कुनै पनि प्रकारको डिकपलिङ (चीनलाई अलगावमा पार्ने प्रवृत्ति)को दृढताका साथ विरोध गर्छ भन्दै युरोपको जोखिम न्यूनीकरण चीनद्वेष नभएको बताएका छन् । विभिन्न रिपोर्टअनुसार दुई देशले उन्नत उत्पादन र वातावरण संरक्षणजस्ता विभिन्न क्षेत्रमा १० भन्दा बढी सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् । दुवै पक्षले जलवायु परिवर्तनलाई सम्बोधन गर्न र हरित विकासलाई प्रवद्र्धन गर्नेलगायत अन्य क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि थप सहमति गरेका छन् । 

युरोपमा रणनीतिक स्वायत्तता कायम गर्न र चीन–युरोप सम्बन्ध सुधार्न सच्चा नेता र रणनीतिकारले चीनविरोधी पूर्वाग्रहलाई निस्तेज पार्नुपर्छ

निःसन्देह चीन र युरोपबीच केही पुराना र केही नयाँ असहमति छन् । सबैभन्दा ठूलो अवरोध राजनीतिक एवं वैचारिकस्तरमा देख्न सकिन्छ र चीनविरोधी शक्तिले निकास नै नभएको गतिरोध नव्यहोरुन्जेल चेत्नेछैनन् । हामीले आफ्नो सक्दो प्रयास गर्नुपर्छ, तर वर्तमान र भविष्यको चीन–युरोप सम्बन्धको जटिलता र विभिन्न समस्या एवं मोडका लागि पनि हामी पूर्णरूपमा तयार हुनुपर्छ । हालैका दिनमा युरोपमा चीनविरोधी समूहले आफ्नो प्रयासलाई तीव्र बनाएका छन् र यिनले अवरोध मात्रै नभई सक्रिय रूपमा अशान्ति सिर्जना गर्ने अवसर पनि खोजिरहेका छन् ।

वास्तवमा युरोपेली मुलुकका थुप्रै सरकारी अधिकारीले कसैले आफूलाई ‘चीनप्रति नरम छ’ भनेर भन्छ कि भन्नै डराउँछन् । यसले यी अधिकारीलाई राष्ट्रिय स्वार्थका पक्षमा बोल्नुको सट्टा राजनीतिक रूपमा निष्क्रिय बन्दै लोकप्रियतावादी भाष्यलाई समर्थन गर्छन् । यसले सम्झौताको अवस्था पनि निम्त्याउँछ नतिजा चीन–युरोपबीचको सम्बन्धमा अनावश्यक बाधाव्यवधान आइपुग्छन् । युरोपमा रणनीतिक स्वायत्तता कायम गर्न र चीन–युरोप सम्बन्ध सुधार्न सच्चा नेता र रणनीतिकारले चीनविरोधी पूर्वाग्रहलाई निस्तेज पार्नुपर्छ ।

सिद्धान्ततः असमझदारी र गलत धारणा वार्ताका माध्यमबाट समाधान हुन सक्छन् र यो चीन–युरोप सम्बन्धमा पनि लागू हुन्छ । प्रधानमन्त्री लीको युरोप भ्रमणका क्रममा हामीले चीन र युरोप दुवैबाट सञ्चार एवं अन्य आदान–प्रदानमा संलग्न हुने गहिरो उत्सुकता देखेका छौँ । यसले दुवै पक्षलाई सम्झौतामा डोर्‍याउने देखिन्छ । ‘सबैभन्दा ठूलो जोखिम असहयोगमा छ र सबैभन्दा नदेखिने सुरक्षा खतरा गैरविकास हो’ भन्दै प्रधानमन्त्री लीले जोड दिएका थिए । यस अभिव्यक्तिलाई युरोपमा निकै चासोका साथ हेरिएको थियो । विवेकशील मानिस सजिलै चीन–युरोप सम्बन्धमा चिनियाँ पक्षको सकारात्मक नियतलाई ग्रहण गर्न सक्छन् ।

युरोपका लागि अहिलेको चुनौती चीनसँग सहकार्य गर्ने कि नगर्ने भन्ने नभई यस्तो सहकार्यको प्रकृति र दायरा निर्धारण गर्नु रहेको छ । तर, पारस्परिक लाभकारी सहयोगलाई अत्यधिक राजनीतिकरण, विचारधारा र सुरक्षा सरोकारले ओझेलमा पार्दा यसले सहकार्यको वातावरणलाई आधारभूत रूपमा क्षति पुर्‍याउन सक्छ भनेर हेक्का राख्नुपर्छ । यदि ओझेललाई सम्बोधन नगर्ने हो भने राजनीतिक टकराव, सुरक्षा अनिश्चितता, अस्वस्थ प्रतिस्पर्धा र सहकार्यमा क्षति पुग्नेछ । यदि यसो हुन्छ भने यसबाट गम्भीर रूपमा निराशाजनक अवस्था निम्तिनेछ । युरोपले यस परिप्रेक्ष्यबाट स्कोल्जले भनेझैँ जोखिमबाट जोगिने उपाय अवलम्बन गर्नुपर्छ । 

चीन बदलिँदै छ, युरोप बदलिँदै छ र अन्ततः चीन–युरोप दुवै बदलिँदै छन् । परिवर्तन शास्वत छ र यसबाट डराउनुपर्दैन । चीन–युरोपसम्बन्ध अतीततिर फर्किनुहुँदैन, बरु प्रगतितर्फ लम्किनुपर्छ । अगाडि बढ्नका लागि आवश्यक परिवर्तन व्यवस्थापन गर्न दुवै पक्षबाट सहयोगी प्रयास अपरिहार्य छ । सफल परिवर्तन व्यवस्थापनको आधार ती सिद्धान्त पालन गर्नमा निहित छ, जसले दुई पक्षबीच स्थिर सहयोगलाई सहज बनाउँदै आएको छ । उदाहरणका लागि परस्पर लाभ हुने सहयोगका अपरिवर्तनीय सिद्धान्तलाई लिन सकिन्छ जहाँ मतभेदलाई सम्मान गर्दै साझा आधार खोज्ने र एकअर्कालाई समान रूपमा व्यवहार गरिन्छ । अन्त्यमा जबसम्म यी सिद्धान्तको जग बलियो रहन्छ, तबसम्म चीन–युरोप सम्बन्धको भविष्य उज्ज्वल छ । 
(ग्लोबल टाइम्सको सम्पादकीयबाट)