
सत्तारूढ दल एमालेकै सांसदले सरकारको नीति तथा कार्यक्रमको मौन विरोध गरेका छन्।
रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने सांसद चन्द्रबहादुर विश्वकर्माले शुक्रबार संसद्को रोस्टममा उभिएर मौन रहँदै असन्तुष्टि जनाएका हुन्।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि जारी छलफलमा बोल्न विश्वकर्मालाई पाँच मिनेटको समय दिइएको थियो। अरू सांसदले जस्तै आफूले पनि सरकारको आगामी नीति कार्यक्रममा प्रतिक्रिया जनाउन उपस्थित भएको उल्लेख गर्दै उनी ‘मेरो प्रतिक्रिया यसप्रकार छ’ भनेर रोस्टममा मौन भएर उभिएका थिए।
आफ्नो निर्धारित समयमा मौन रहँदै उनी समयका लागि धन्यवाद भनेर सदनमा एमालेको लहरमा आफ्नो सिटतर्फ गएका थिए।