१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ बैशाख २६ शुक्रबार १७:२८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

महेन्द्रनगरमा फारवेस्टर्न टुरिजम मार्ट सुरु

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार १७:२८:oo

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव (फारवेस्टर्न टुरिजम मार्ट) सुरु भएको छ। शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक  उड्डयनमन्त्री बद्री पाण्डेले महोत्सव उद्घाटन गरेका हुन्।

महोत्सव उद्घाटन गर्दै मन्त्री पाण्डेले सुदूरपश्चिम प्रदेशसहित सिंगाे नेपाल धार्मिक, ऐतिहासिक पर्यटकीय गन्तव्य रहेको बताए। सरकारले पर्यटन प्रवर्द्धनका लागि  वातावरण तयार गरे पनि निजी क्षेत्रबाट लगानी आवश्यक रहेको उनको भनाइ थियो। सुदूरका पर्यटकीय गन्तव्यमा पूर्वाधार विकासका  लागि सरकारी–निजी क्षेत्रले संयुक्त रूपमा अघि बढ्नुपर्ने बताउँदै उनले अन्तरप्रदेश हवाई कनेक्टिभिटीका लागि समेत तयारी भइरहेको उल्लेख गरे।

सो अवसरमा मन्त्री पाण्डेले निर्माणाधीन मझगाउँ विमानस्थलको स्थलगत अनुगमनसमेत गरेका थिए।

महोत्सवमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले पर्यटनमार्फत आर्थिक विकासका लागि पर्यटकीय पूर्वाधार विकासदेखिका कार्यक्रम सञ्चालनमा जोड दिए। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंहले सुदूरपश्चिम पर्यटकीय गन्तव्यबारे वृत्तचित्र प्रस्तुत  गरेका थिए।