Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ४ बुधबार १८:०३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री बन्नैका लागि प्रचण्ड देश/विदेश दौडाहामा छन् : शंकर पोखरेल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ४ बुधबार १८:०३:००

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ प्रधानमन्त्री बन्नका लागि देश/विदेश दौडाहामा निस्केको टिप्पणी गरेका छन् । १२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने प्रचण्डले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको महासचिव पोखरेलको भनाइ थियो ।

बुधबार काठमाडौंमा आयोजित अनलाइन समाचार माध्यमका सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले दाहालप्रति संकेत गर्दै जनमत गुमाएकाहरूले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक कुरा नभएको तर्कसमेत गरे । महासचिव पोखरेलले भने, ‘जति साना दलहरू मुलुकको राजनीतिमा हावी हुन्छन्, त्यति मुलुकले सही बाटो समाउन सक्दैन । आज के देखिन्छ–तेस्रो/चौथो पार्टी प्रधानमन्त्री खोज्न हिँडिराखेको, भौँतारिराखेको, सुन्दाखेरी नेपालको लोकतन्त्रले सही बाटो समातेको छ र ? १२ प्रतिशतको जनमतलाई प्रभावित गर्ने सामर्थ्य राख्दैन । प्रधानमन्त्री खोज्न देश/विदेश दौडाहामा कुदेको छ । योभन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ त ? हो त्यो चिजबाट मुलुकलाई जोगाउनका लागि जनता जागरुक हुुनुपर्छ । जनमत गुमाएकाहरूले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतन्त्रको कुरा होइन । लोकतन्त्र भनेको जनमत भएकाहरूले शासन गर्ने प्रणाली हो । हो यही मान्यताको पैरवी गरिएको हो ।’

महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउने आफ्नो प्रयास असफल भएपछि सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रहार गरिरहेको आरोप लगाए। उनले गभर्नरलाई एमालेको कुनै विभागको सदस्यको रूपमा मुछेर सरकारले हटाउने प्रयास गरिहेको भन्दै आपत्तिसमेत जनाए । महासचिव पोखरेलले गभर्नर अधिकारीलाई सो पदबाट हटाउने काम गरिए मुलुक श्रीलंकाकरण हुने भन्दै चिन्तासमेत व्यक्त गरे ।

उनले भने, ‘सरकार भर्सेस गभर्नरको जे बहस चलिराखेको छ नि । यथार्थ के हो भने पैसा किन हराइरहेको छ भन्दा ब्ल्याक मनीलाई ह्वाइट मनी बनाउन खोज्दा पैसा हरायो । गभर्नर ब्ल्याकलाई ह्वाइट बनाउने कुराको विपक्षमा उभिनुभयो । गभर्नरको नीतिलाई सरकारले फलो गरेको भए पैसा हराउने नै थिएन । यस अर्थमा पैसा किन हरायो भन्ने कुरामा त्यसैले बताइरहेकै छ । अहिले गभर्नरमाथिको प्रहार नेकपा एमालेले विभाग गठन गर्दाखेरी राखिएको एउटा नाममा जोडेर गभर्नरमाथि अट्याक भएको छ । त्यो यति साह्रो हल्लाखल्ला गर्नुपर्ने विषय हो र ? नेकपा एमालेको विभागमा कति सदस्य छन् ? कुनै चासो छ, कसैले प्रश्न गरेको छ ? गभर्नरको विषयमा जे प्रकारणको अट्याक भएको छ । त्यो अट्याक चाहिँ के कारणले भन्दाखेरी ब्ल्याक मनीलाई ह्वाइट मनी बनाउने योजना असफल भएपछि अट्याक भएको भन्ने कुरा तपाईंहामीले बुझेनौँ भने मुलुकको श्रीलंकाकरण हुने जोखिम जुन छ, त्यसलाई जोगाउन सक्छौँ ? अहिले गभर्नर असफल हुनु भनेको मुलुकमा वित्तीय संकट खडा गर्नेहरूको प्रोत्साहन हुनु भएको हो । जब कि पार्टीले भनिसकेको छ– गभर्नर एमाले विभागको सदस्य होइनन् । उहाँ स्वयंले भनिसक्नुभएको छ– म विभागको सदस्य होइन । यो विषयमा बहस असान्दर्भिक छ ।’

महासचिव पोखरेलले गभर्नर अधिकारी एमालेको कुनै पनि विभागमा नरहेको कुरा उहाँ स्वयंले भनेपछि त्यसमाथि थप बहसको कुनै जरुरी नरहेको पटक-पटक दोहोर्‍याए ।