१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १३:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङमा सडकमार्गबाट टाढा रहेका स्थानमा हेलिप्याड निर्माण गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:२२:oo

लमजुङमा वर्षातको समयमा हुन सक्ने सम्भावित विपतका घटनाको तयारी थालिएको छ। जिल्ला विपत् व्यवस्थापन समिति लमजुङकाे बैठकले सम्भावित जोखिमको पूर्वतयारीस्वरूप आवश्यक पर्ने कार्यका लागि तयारी थालेको हो। 

बैठकले प्रदेश विपत् व्यवस्थापन परिषद्को निणर्यानुसार नेपाली सेनाको प्राविधिक सहयोगमा स्थानीय तहको स्रोत–साधन र व्यवस्थापनमा सडकमार्गबाट टाढा रहेको जिल्लाका विभिन्न स्थानमा हेलिप्याड स्थापना गर्ने व्यवस्था मिलाउने निणर्य गरेको छ। 

त्यस्तै, बैठकले दुई सय थान टेन्ट तथा चार हजार थान त्रिपाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशसँग माग गर्ने निर्णय गरेको छ।

जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लास्थित सबै स्थानीय तह र सरकारी कार्यालय, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय तथा सुरक्षा निकायहरूले कार्यालयमा रहेका सवारीसाधन मर्मतसम्भार गर्नुपर्ने भए सोसमेत गरी चालू हालतमा राख्ने र  वर्षातको समयमा अत्यावश्यक अवस्थामा बाहेक आफ्नो क्षेत्रबाहिर नपठाउने–नखटाउने निर्णय गरेको छ।

विपत् पूर्वतयारीमा रहनका लागि जिल्लाभित्रका अस्पतालहरूले आफ्नो इमर्जेन्सी सेवालाई थप प्रभावकारी बनाई आवश्यक शय्या, एम्बुलेन्स, मेडिकल सामग्री तथा अन्य स्रोतसाधनहरूको व्यवस्थापन मिलाउने निर्णय गरेको छ। 

त्यस्तै विपतकाे समयमा स्थानीय जनप्रतिनिधि, खोज उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नेपाल रेडक्रस सोसाइटी तथा विभिन्न सामाजिक संघसंस्था प्रतिनिधि–कर्मचारीबीच आवश्यक सम्पर्क समन्वय र सहकार्य गर्ने निणर्य भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदीश मिश्रले बताए।


 

ad
ad