Skip This
श्रीलंकाद्वारा घरेलु ऋण पुनर्संरचना योजना अनुमोदन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार १२:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

श्रीलंकाद्वारा घरेलु ऋण पुनर्संरचना योजना अनुमोदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १२:४८:oo

श्रीलंकाको मन्त्रिपरिषद्ले बुधबार घरेलु ऋण पुनर्संरचनाको योजना स्वीकृत गरेको राष्ट्रपतिको मिडिया डिभिजन (पिएमडी) ले जनाएको छ।

घरेलु ऋण पुनर्संरचना कार्यक्रम अर्थ मन्त्रालयले प्रस्ताव गरेको र मन्त्रिपरिषद्को विशेष बैठकले सर्वसम्मतिले स्वीकृत गरेको पिएमडीले बताएको छ।

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले ऋण पुनर्संरचना प्रक्रियाले बैंकिङ प्रणालीको स्थायित्वमा असर नगर्ने बताएका छन्। अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले यसअघि संसदमा घरेलु ऋणको पुनर्संरचना गर्दा स्वदेशी ऋणीले  लगानीमा पनि घाटा व्यहोर्न बाध्य नहुने बताएका थिए। 

सियामबालापिटियाले ऋणमा अल्पकालीन रोक, ब्याज घटाउने र भुक्तानीमा ढिलाइ पनि घरेलु ऋणको पुनर्संरचना गर्ने उपाय हुन सक्ने बताएका छन्। 

श्रीलंकाले अप्रिल २०२२ मा विदेशी ऋण तिर्न निलम्बनको घोषणा गर्‍याे, जब यो स्वतन्त्रतापछिको सबैभन्दा खराब वित्तीय संकटबाट प्रभावित भएको थियो। श्रीलंकाले यसअघि नै अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको कार्यक्रमलाई ध्यानमा राख्दै आफ्नो बाह्य ऋणको पुनर्संरचना गर्न थालिसकेको छ।

ad
ad