१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार ११:२१:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन : एकातिर सिन्डिकेट, अर्कोतिर युवाको नारा 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार ११:२१:oo

२९ वैशाखमा तोकिएको तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि सरगर्मी बढेको छ । दुईवटा व्यापारिक समूहबीच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ । ती व्यवसायीहरूले राजनीतिक दलहरूको प्रत्यक्ष आवरण पाएका छन् । कांग्रेसले संघका महासचिव विनिल केसीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । तर, त्यो उम्मेदवारीविरुद्ध कांग्रेसका ललितजंग शाहले अर्को प्यानल बनाए । जसलाई तुलसीपुरमा क्रियाशील एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमोर्चालगायत राजनीतिक दलकाे  समर्थन छ । 

उक्त प्यानललाई कांग्रेसको एक खेमाले पूर्ण रूपमा समर्थन गरेको देखिन्छ । संघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू पनि त्यही खेमामा छन् । दुवै उम्मेदवार अहिले व्यवसायीहरूको घरदैलोमा गइरहेका छन् । उनीहरूले आ–आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् । 

ललितजंग शाह नेतृत्वको प्यानलले पारिवारिक घेरा तोड्न आफ्नो उम्मेदवारी भएको बताउँदै आएकाे छ । ‘उद्योग वाणिज्य संघमा सिन्डिकेट भयो, परिवारको घेरामा छ,’ उनले भने, ‘यसलाई तोड्न पनि मेरो उम्मेदवारी रहेको हो ।’ आफूले मात्रै सबै व्यवसायीहरूको भावना समेट्न सक्ने शाहको भनाइ छ । 

त्यस्तै, विनिल केसीको प्यानलले भने आफू युवा भएकाले अब युवाले नै व्यवसायीहरूको नेतृत्व गर्नुपर्ने बताउँदै आएकाे छ । ‘युवा नेतृत्व नै उद्योग वाणिज्य संघमा आवश्यकता हो,’ उनले भने ‘त्यसैले म आएँ भने व्यवसायीहरूको हकहितलाई सम्बोधन गर्छु ।’  

कसले जित्ला ? 
दुवै उम्मेदवार आ–आफ्नै जित्ने आधार प्रस्तुत गर्छन् । शाह कांग्रेसका आधाजति मत आफूलाई आउने दाबी गर्छन् । त्यसमा एमाले, माओवादी केन्द्रसहित गठबन्धनमा समावेश भएका दलहरूको मत थप हुँदा सजिलै जित्न सक्ने दाबी पेस गर्छन् । अर्को आधार भनेको ‘रिजाल’ परिवारबाट सधैँ नेतृत्वमा रहँदा त्यसले व्यवसायीमा राम्रो सन्देश नगएकाले त्यसप्रति असन्तुष्टि राख्ने मतहरू आफूलाई आउने सक्ने आकलन गर्छन् ।

कांग्रेसमा प्रस्ट दुई खेमाकै लडाइँ देखिएको छ । देखिएर होस् वा नदेखिएर होस्, कांग्रेसकै नेताहरूकाे सहयोग आफूले पाएको शाहको अनुभूति छ ।  कांग्रेसकै नेताहरूले हस्ताक्षर गरेको अपिलसमेत सार्वजनिक गरिएकाले पनि त्यसले पनि कांग्रेसकै नेताहरूको पनि सहयोग भएको प्रमाणित हुने उनी बताउँछन् । 

अर्कोतर्फ दुईपटक उपाध्यक्ष भइसकेका ललितलाई अहिले अध्यक्ष दिनुपर्ने थियो भन्ने खालको मनोविज्ञान पनि तयार भएको छ । केसी आफू युवा भएकाले युवाहरूप्रति नै मतदाता केन्द्रित हुन सक्ने आकलन गर्छन्। महासचिव भएर कार्यकाल पूरा गरेकाले स्वाभाविक रूपमै अध्यक्षमा आफूलाई मत आउन सक्ने उनको आकलन छ । व्यक्तिगत स्वभाव, आफूले गरेका गतिविधिले पनि प्रभाव पार्न सक्ने केसी समूहको आकलन छ । 
 
दुवैले आ–आफ्ना मतदाता बनाएका छन् । उनीहरू दुवै पक्षले धेरै मतदाताको आफ्नै सम्पर्क नम्बर राखी आफैँले नै व्यवसाय दर्ता गरिदिएको देखिन्छ । पहिचान नभएका, तर व्यवसाय दर्ता गरेका धेरैजनाको नामावलीमा समावेश छ।  

मतदाता भन्छन्, ‘हाम्रो रोजाइ संयुक्त व्यवसायी प्यानल नै हो ’
तुलसीपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि हुन लागेको निर्वाचनको रौनक बढ्दै गएको छ । मत आफ्नो पक्षमा पार्नका लागि ललितजंग शाह अध्यक्ष रहेको संयुक्त व्यवसायीको प्यानलले चुनावी प्रचारलाई व्यापक बनाएको छ । पूर्वमा दुधरासदेखि पश्चिममा हंसपुरसम्म मत माग्न संयुक्त व्यवसायीको प्यानल दौडधुप रहेको चुनाव प्रचारप्रसार समितिका संयोजक मीनराज वलीले जानकारी दिए

बिहानैदेखि राति अबेरसम्म मतदाता भेटघाटको क्रममा रहेको संयुक्त व्यवसायीको प्यानललाई मतदाताले भेट्दा खुसी छन् । बिहीबार बिहान तुलसीपुरको ‘ङ’ लाइनसहित पिपलबोट, अस्पताल रोडलगायतका ठाउँमा मतदातासँग भेटघाट गरेपछि मतादातामा हौसला थपेको छ ।

भेटघाटको क्रममा मतदाताले भने, ‘हामीले खोजेको नेतृत्व संयुक्त व्यवसायी प्यानलमै छ, किनभने सबैका विचार अट्ने यही प्यानल हो ।’ मतादाता भेटघाट अभियान तीव्र बनेको अध्यक्ष पदका उम्मेदवार ललितजंग शाहले बताए ।   

निर्वाचनको मिति नजिकिँदै जाँदा कतिपय मतदाताले फोनबाटै मतदानका लागि प्रतिबद्धता जनाउने गरेको उनको भनाइ छ । ‘हामी सबै मतदाताको घरमा पुग्ने कोसिस गरिरहेका छौँ,’ उनले भने, ‘कतिपय मतदाताले हामीलाई फोन गरेर तपाईंहरू घरमा आउनुपर्दैन, हाम्रोतर्फबाट संयुक्त व्यवसायी प्यानललाई मतदान हुन्छ ।’

संघको वैशाख २९ गते हुने निर्वाचनमा आममतदाता संयुक्त प्यानलको पक्षमा रहेको महासचिव पदका उम्मेदवार नरेन्द्रकुमार डाँगी (नरेश)ले बताए । ‘भेटघाटको क्रममा मतदाताको उत्साह निकै छ,’ उनले भने, ‘मतदाताको उत्साहले हामी पनि उत्साहित भएका छौँ ।’
 


 

ad
ad