१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ७ सोमबार १o:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस संसदीय दलको बैठक संसद्को ल्होत्से हलमा जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १o:३३:oo

कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बसिरहेको छ । आजदेखि प्रारम्भ हुने बजेट अधिवेशनको रणनीति बनाउन बैठक बसेको हो । सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनकाे माग गर्दै कांग्रेसले संसदमा आवाज उठाउँदै आएको छ ।

बिहीबार बस्ने भनिएको उक्त बैठक पूर्वमन्त्री, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको थियाे । उनको यही वैशाख २५ गते निधन भएको थियाे ।  

संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो २ बजे बस्दै छ । अधिवेशनको प्रारम्भमा दुवै सदनमा दलका शीर्ष नेताले बोल्ने प्रस्ताव छ ।

तर, प्रमुख प्रतिपक्षी कांग्रेसले सदन चलाउन दिन्छ वा दिँदैन भन्ने निश्चित नहुँदा पहिलो बैठकको कार्यसूची टुंगिन सकेको छैन । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले सदन अवरोध गर्न सक्ने सम्भावना पनि कायमै छ । यस विषयमा कांग्रेसभित्रै दुई धार देखिएका छन् । 

स्रोतका अनुसार सभापति शेरबहादुर देउवापक्ष अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताका हैसियतमा रास्वपा सभापति रवि लामिछानेलाई पनि बोल्न दिनु ठीकै हुने पक्षमा छन् । तर, महामन्त्री गगन थापा–नेता शेखर कोइरालापक्ष भने बोल्न नदिने योजनामा छ । यसबारे कांग्रेस संसदीय दलको बैठकले निर्णय लिने नेताहरूले बताएका छन् । 

 

ad
ad