मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o जेठ ३१ बुधबार
  • Thursday, 18 September, 2025
समाचार डिजिटल संस्करण

संसदीय सुनुवाइ समितिको वैधतामाथि छलफल सुरु 

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ३१ बुधबार १४:३३:oo

संसदीय सुनुवाइ समितिमा वैधतामाथि छलफल सुरु भएको छ। 

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी हाल्ने उजुरीकर्ताले समितिको वैधतामाथि प्रश्न उठाएपछि प्रभावित बनेको छलफल दुई पक्षको सहमतिपछि सुरु भएको हो। 

समितिले सुरुमा २० जना उजुरीकर्तालाई मात्र भित्र बोलाएपछि बाहिर रहेका उजुरीकर्ताले होहल्ला गरेका थिए। थप मर्यादापालक प्रवेश गराएर बाहिर रहेका उजुरीकर्तालाई बैठककक्षमा प्रवेश गराएपछि अहिले समितिको वैधतामाथि छलफल जारी छ। 

समितिले आज प्रस्तावित कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ताहरूसँग छलफलका लागि बोलाएको थियो। बिहीबार कार्कीको संसदीय सुनुवाइ हुँदै छ। कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन्।