मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ ३१ बुधबार
  • Wednesday, 02 September, 2026
कमलराज भट्ट काठमाडौं
२o८o जेठ ३१ बुधबार १३:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समितिको वैधतामाथि सामूहिक छलफल गर्ने सहमतिपछि उजुरीकर्ता बैठकमा सहभागी 

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ३१ बुधबार १३:४५:oo

सदनले संशोधन गरेको संयुक्त समिति नियमावली राजपत्रमा प्रकाशित नभएकाको भन्दै छलफलमा सहभागी हुन अस्वीकार गरेका  उजुरीकर्ता र समितिबीच सहमति भएको छ। 

समितिको वैधानिकतामाथि उजुरीकर्तासँग सामूहिक छलफल गर्ने सहमतिपछि उजुरीकर्ता समितिको बैठकमा प्रवेश गरेका छन्।

समिति सचिव पदम पाण्डेलगायत सचिवालयसँग भएको छलफलपछि उनी छलफलमा सहभागी हुन सहमत भएका हुन्। पहिला समितिको वैधतामाथि छलफल भएपछि उजुरीबारे छलफल हुने सचिवालयले जनाएको छ। 

समिति सभापति पशुपतिशमशेर जबरासँग राजपत्रमा प्रकाशित संयुक्त नियमावली माग गरी पाँचबुँदे ज्ञापनपत्र बुझाएका थिए।  

समितिले छलफलका लागि भित्रबाट नाम बोलाए पनि उजुरीकर्ता सहभागी भएका थिएनन्। उनीहरूले समिति नै अवैधानिक भएको भन्दै संसदीय सुनुवाइ प्रक्रियामा सहभागी हुन अस्वीकार गरेका थिए। 

संसदीय सुनुवाइ समितिले आज प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ताहरूसँग सामूहिक छलफल गर्ने कार्यसूची छ। बिहीबार कार्कीको सुनुवाइ हुँदै छ। कार्कीविरुद्ध २९ वटा उजुरी दर्ता भएका छन्।