Skip This
ad
बक्सिङमा विदेशी प्रशिक्षक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १o:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बक्सिङमा विदेशी प्रशिक्षक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १o:३६:oo

चीनको आयोजनामा हुने १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)को तयारीका निमित्त नेपाल बक्सिङ संघले नेपाली खेलाडीलाई प्रशिक्षण गराउन विदेशी प्रशिक्षक शिव सिंहलाई जिम्मेवारी दिएको छ ।

प्रशिक्षक सिंहले २६ नेपाली मुक्केबाजलाई प्रशिक्षण गराउने संघले जनाएको छ । भारतका पूर्व प्रमुख प्रशिक्षकसमेत रहेका वरिष्ठ प्रशिक्षक सिंहले विजेन्द्र सिंह र मेरी कोमलगायत थुप्रै विश्व च्याम्पियन मुक्केबाजलाई प्रशिक्षण दिएका थिए । 

सिंहले एसियाडमा नेपाली बक्सिङ टोलीको मुख्य प्रशिक्षकका रूपमा रहने संघले बताएको छ । उनीसँगै प्रशिक्षणमा नेपाली बक्सिङका मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, वरिष्ठ प्रशिक्षक प्रवीण तुलाधर, आइवा थ्री स्टार प्रशिक्षक दीपक महर्जन, पूर्वमुख्य प्रशिक्षक प्रकाश थापामगर र राष्ट्रिय प्रशिक्षक राज श्रेष्ठ पनि रहेका छन् । प्रशिक्षण बिहान र बेलुका दशरथ रंगशालामा हुनेछ । 

ad
ad