१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार २o:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

प्रिन्स र रसिला एसियाडमा छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:४९:oo

प्रिन्स दाहाल र रसिला महर्जन आगामी सेप्टेम्बरमा चीनको गाङझाउमा आयोजना हुने १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)का लागि छनोट भएका छन् । 

नेपाल ब्याडमिन्टन संघले निर्धारित दुई पुरुष र दुई महिलाका लागि देवीनगर ब्याडमिन्टन क्लबमा आयोजना गरेको छनोट प्रतियोगिताबाट दाहाल र महर्जनसहित सुनील जोशी र जेसिका गुरुङ छनोट भएका छन् । 

वैकल्पिक खेलाडीमा पुरुषतर्फ विष्णु कटुवाल र महिलामा अनुमाया राई रहेका छन् । चारै खेलाडीले एसियाडमा पहिलोपटक सहभागिता जनाउँदै छन् । एसियाडमा नेपाल पुरुष टिम इभेन्ट्समा क्वार्टरफाइनलसम्म पुगेको छ । 

दक्षिण कोरियाको इन्चोनमा भएको १७औँ र इन्डोनेसियामा भएको १८औँ एसियाडमा पुरुष टिम इभेन्ट्समा क्वार्टरफाइनल यात्रा नेपाली खेलाडीले गरेका थिए ।

‘अहिले खेलाडीको स्तर राम्रो भए पनि खेलाडीको कोटा कम भएकाले हामी टिम इभेन्ट्समा प्रतिस्पर्धा गर्न सक्दैनौँ,’ संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले बताए । प्रिन्स जुनियरतर्फ विश्व नम्बर एक र रसिला जुनियर युगलतर्फ विश्व छैटौँ स्थान प्राप्त गरेका खेलाडी थिए । 

यसैगरी, एसियाडकै लागि नेपाल टेनिस संघले पुरुष र महिलामा समान दुई खेलाडी छनोट गरेका छन् । पुरुषमा अभिषेक बाँस्तोला र प्रदीप खड्का तथा महिलामा अभिलाषा विष्ट र माहिका राणा एसियाडका लागि छनोट भए । पाँच दिनसम्म आयोजना भएको छनोट खेलमा पुरुषमा ९ तथा महिलामा सातजनाले राउन्ड रोबिन लिग पद्धतिमा प्रतिस्पर्धा गरेका थिए ।

ad
ad