१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २५ बिहीबार २१:०६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एसियन कपको दोस्रो चरणबाट बाहिरियो नेपाल, चीनसँग ५-० ले पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २५ बिहीबार २१:०६:००

एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा लगातार हारसँगै नेपालको एसियन कप खेल्ने सम्भावना समाप्त भएको छ । 

बिहीबार म्यानमारको यानगोनस्थित थुवुन्ना मैदानमा नेपाल बलियो चीनसँग ५–० ले पराजित भयो । पहिलो खेलमा पनि नेपाल म्यानमारसँग ५–० ले नै पराजित भएको थियो । 
दुई खेलमा नेपालले कुनै गोल फर्काउन नसक्दा १० गोल बेहोरेको छ । 

अब, नेपालले अन्तिम खेलमा आइतबार चाइनिज ताइपेईको सामना गर्नेछ । यता, लगातार दोस्रो जित निकालेको चीनले एसियन कपको सम्भावना बलियो बनाएको छ । 

पहिलो खेलमा ताइपेईलाई १–० ले हराएको थियो । यसअघि पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र नर्दन मारियानालाई समान ६–० ले हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो ।