
कांग्रेस सचेतकमा सुशीला थिङ मनोनीत भएकी छिन्। बिहीबार कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले थिङलाई सचेतकमा मनोनयन गरेका हुन्।
देउवाका निजी सचिव केशवराज जोशीका अनुसार संसदीय दलको विधानको धारा १३ बमोजिम थिङलाई प्रतिनिधिसभाको सचेतकमा मनोनयन गरेका हुन्।