नाबालिका दिदीबहिनीमाथि सामूहिक करणीको प्रयास, पाँचजना पक्राउ

मंगलबार, २३ जेठ, २०८०
डिजिटल संस्करण

दाङमा दुई नाबालिका दिदीबहिनीलाई करणी प्रयास गरेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। राप्ती गाउँपालिका– ३ निवासी १४ र १२ वर्षीया दिदीबहिनीलाई सामूहिक करणीको प्रयास गरेको आरोपमा गढवा गाउँपालिका– ६ का १६ वर्षीय दुई किशोरसहित पाँचजना पक्राउ परेका हुन्।

सोही ठाउँका १८ वर्षीय दिलसान अहमद, गढवा– ५ का २० वर्षीय सुहेल खान र कपिलवस्तु जिल्ला शिवराज नगरपालिका– ११ मैतहवा घर भएका २० वर्षीय जाबेद भन्ने जाबिद खान पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमका अनुसार नाबालिकाहरू गढवा– ६ बुद्धचोकस्थित साथीको घर गएका थिए। उनीहरूको पछाडि ती पाँच केटाहरू लागेका थिए। 

त्यही क्रममा राति उनीहरूले दुवै नाबालिकालाई मोटरसाइकलमा राखेर लमही– ५ रातोडाँडास्थित एक नाबालक अभियुक्तको कोठामा ल्याएर करणीको प्रयास गरेका थिए।

पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला अदालत दाङबाट म्याद थप गरी अनुसन्धान थालिएको छ। उनीहरूविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता भएको छ।

सुझावित समाचार