मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका जनकपुरधाम
२०८० जेठ २३ मंगलबार ०९:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
२०८० जेठ २३ मंगलबार ०९:०७:००

मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ।  आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।  

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलोपटक आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, सेवा प्रवाहमा सुधार र स्रोतसाधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ लक्षित हुने यसअघि प्रस्तुत गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामा उल्लेख गरेको छ । 

मुख्यमन्त्री यादव नेतृत्वको सरकार गत वर्ष पुस २९ गते गठन भएको थियो भने सरकारमा जनता समाजवादी पार्टी (जसपा)सहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहभागी छन् ।