
प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिबडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
पूर्वसांसद एवं राज्यमन्त्री पाण्डेको ७२ वर्षको उमेरमा गत मंगलबार निधन भएको थियो । पाण्डे कांग्रेसबाट ०४८ र ०५१ मा प्रतिनिधिसभा तथा ०६४ मा संविधानसभा प्रत्यक्ष निर्वाचित भएकी थिइन् भने ०७४ मा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् ।
उनले पूर्वमहिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्रीको जिम्मेवारी पनि निभाएकी थिइन् ।
यस्तै, पूर्वसांसद टिबडेवालको धुम्बाराहीस्थित हेम्स अस्पतालमा उपचारको क्रममा गत २२ चैत २२ मा निधन भएको थियो ।
उनी राप्रपा नेपालबाट ०७० को संविधानसभामा समानुपातिक सदस्य थिए ।
प्रतिनिसभाको अर्को बैठक भोलि (मंगलबार) बिहान ११ बजे बस्नेछ । सो बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को राजस्वको आय-व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने सभामुख घिमिरेले जानकारी दिए ।