१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २२ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २२ सोमबार १३:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

क्रसबोर्डर डिजिटल पेमेन्टबारे सांसदको प्रश्न– नेपाली बैंकमा अलपत्र करोडौँ भारतीय रुपैयाँ के हुन्छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २२ सोमबार १३:४o:oo

एमाले सांसद सुनिता बरालले नेपाली बैंकमा अलपत्र अवस्थामा रहेको भारतीय रुपैयाँको विषयमा चासो राखेकी छिन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा उनले नेपाल–भारत क्रसबोर्डर डिजिटल पेमेन्टको विषय उठाउँदै साे विषयमा प्रश्न राखेकी हुन्। संयुक्त राष्ट्रसंघले नै भूपरिवेष्टित मुलुकले पाउने अधिकारका विषयमा प्रस्ट पारेको भन्दै बरालले प्रधानमन्त्रीलाई सोसम्बन्धी ‘कन्भिन्सन अफ द ल अफ सी’ अध्ययन गर्न सुझाव दिइन्।

‘अग्निपथ योजनाबारे तपाईंले के–के विषय उठाउनुभयो ? क्रसबोर्डर ट्रान्सफरको कुरा भइरहेको छ। नेपाली बैंकमा अलपत्र रहेको करोडौँ भारतीय रुपैयाँबारे के–कस्ता सहमति भए ? नेपाली भूमिका विषयमा संयुक्त राष्ट्रसंघको कन्भिन्सन अफ द ल अफ सीले भूपरिवेष्टित मुलुकले पाउने अधिकारका विषयमा प्रस्ट बोलेको छ। त्यो अध्ययन गरेर जानुभएको भए राम्रो हुन्थ्यो । कुन विज्ञले तपाईंलाई त्यति ठूलो प्राधिकार दिएर पठायो जान्न चाहन्छु,’ उनले भनिन्।

सांसद बरालले प्रधानमन्त्रीको भ्रमणमा न्यूनतम कूटनीतिक मर्यादासमेत पालना नगरेको भन्दै आपत्ति जनाइन्।