Skip This
अवरुद्ध सदन खुलाउन एमाले तयार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २२ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ २२ सोमबार ११:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अवरुद्ध सदन खुलाउन एमाले तयार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ २२ सोमबार ११:१४:oo

अवरुद्ध सदन खुलाउन नेकपा एमाले तयार भएको छ । सभामुख देवराज घिमिरेले केहीबेरअघि संसद् भवनमा प्रमुख दलका सचेतकसँग बैठक राखी छलफल गराएका थिए ।

छलफलपछि  बैठक चल्न दिने सहमति भएको सभामुख घिमिरेले जानकारी दिए। उनले भने, ‘प्रमुख विपक्षीसहित विपक्षी दलहरूले आफ्ना कन्सर्नका विषयमा प्रधानमन्त्री र सत्तापक्षका नेताहरूसँग छलफल गर्ने बताउनुभएको छ । दलहरूबीच आन्तरिक छलफल गर्नुपर्ने भन्दै सचेतकहरू निस्कनुभएको छ । ’

मन्त्रिपरिषद्को सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा सीमा समस्या हल गर्ने विषयमा दिएको अभिव्यक्तिको विरोधमा विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका थिए ।  यी मुद्दामा प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म सदन चल्न नदिने उनीहरूको अडान थियो ।