Skip This
बिदाइ खेलमा मेसी र रामोस निराश
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २२ सोमबार
  • Saturday, 27 July, 2024
एजेन्सी पेरिस
२o८o जेठ २२ सोमबार o७:२४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बिदाइ खेलमा मेसी र रामोस निराश

Read Time : > 1 मिनेट
एजेन्सी, पेरिस
नयाँ पत्रिका
२o८o जेठ २२ सोमबार o७:२४:oo

अर्जेन्टिनी लियोनल मेसी र स्पेनिस खेलाडी सर्जियो रामोसले यसै सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्ने घोषणा गरिसकेका थिए । विश्व फुटबलकै यी दुवै हस्तीले शनिबार राति फ्रेन्च लिग वानमा पिएसजीबाट क्लेरेमन्फर्टविरुद्ध खेले । तर, मेसी र रामोसले पिएसजीबाट बिदा लिइरहेको खेल जितका साथ अन्त्य गर्न सकेनन् । सिजनकै अन्तिम खेलमा पिएसजी क्लेरमन्टफर्टसँग ३–२ ले स्तब्ध भयो । खेलको अन्तिम नजितासँगै मेसी र रामोसले पिएसजीबाट बिदा लिए । 

पिएसजीले सुरुवाती दुई गोलको अग्रता रक्षा गर्न नसक्दा हार बेहोरेको हो । अन्तिम खेलमा पराजित च्याम्पियन पिएसजीले ३८ खेलबाट ८५ अंक जोड्यो । दोस्रो स्थानको लेन्सले ८४ अंक जेडेर लिग सकायो । पिएसजीलाई हराएको क्लेरमेन्टफर्ट फुटबल ५९ अंकका साथ लिगको आठौँ स्थानमा रह्यो । पिएसजी र लेन्सले अर्काे सिजनको युरोपियन च्याम्पियन्स लिग खेल्नेछन् । मार्सेलोले च्याम्पियन्स लिगको छनोट खेल्नेछ । रेनेस युरोपा लिग तथा लिल युरोपा कन्फ्रेन्स लिगमा छनोट भएका छन् । एसी एजासियो, ट्रोएस र एन्जर्स रेलिगेसनमा परेका छन् ।

सम्झौता नवीकरण गरेनन्
पिएसजीसँग मेसी र रामोसले जुनको अन्तिमसम्म सम्झौता गरेका थिए । दुवै खेलाडीले सम्झौता पत्र नवीकरण गरेका थिएनन् । दुवै खेलाडी दुई वर्षअघि पिएसजीमा पुगेका थिए । मेसी बार्सिलोनासँगको १७ वर्षको सहकार्य तोड्दै पेरिस पुगे । रामोसले पनि स्पेनिस क्लब रियल म्याड्रिडसँगको एक दशकको सम्बन्ध परित्याग गरी पिएसजीसँग आबद्ध भएका थिए । ३० जुनसम्म सम्झौता गरेका मेसीले पिएसजीका लागि यस सिजन २१ गोल गर्नुका साथै २० असिस्ट गरेका थिए ।

 पिएसजीका अध्यक्ष नासिर अलले मेसीजस्तो महान् खेलाडीलाई क्लबको एक हिस्सा बनाउन पाउँदा खुसी लागेको बताएका छन् । ‘मेसीलाई धन्यवाद दिन चाहन्छु, उनीजस्ता विश्वकै उत्कृष्ट खेलाडीलाई पिएसजीबाट खेलाउन अवसर हामीले पायौँ,’ नासिरले भने, ‘यो दुई वर्ष हाम्रो लागि मेसीका कारण यादगार भयो ।’ 

युवालाई सिक्ने अवसर
पिएसजीका अध्यक्ष नासिरले मेसीको आगमनले युवा खेलाडीले धेरै प्राविधिक पक्ष सिक्न अवसर पाएको बताए । ‘विशेष गरी युवा खेलाडीले मेसीबाट धेरै कुरा सिकेका छन्, मेसीको योगदान हामीले बिर्सनेछैनौँ,’ उनले भने । पिएसजी छाडेका मेसी र रामोस अब कुन नयाँ क्लबमा जाने भन्ने निश्चित भइसकेको छैन । मेसीलाई भित्र्याउन अमेरिकादेखि एसियन क्लब आतुर छन् । रामोस सम्भवतः साउदी अरेबियाको कुनै एक क्लबमा आबद्ध हुने एजेन्सीहरूले जनाएका छन् ।