१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २१ आइतबार
  • Friday, 09 May, 2025
२o८o जेठ २१ आइतबार १५:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक पनि भोलिलाई सर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २१ आइतबार १५:३३:oo

एक घन्टाका लागि स्थगित प्रतिनिधिसभाको बैठक पनि भोलि सोमबारसम्मका लागि स्थगित भएको छ। सोमबार बिहान ११ बजेका लागि अर्को बैठक बोलाइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै एमाले, रास्वपा र राप्रपा सांसदहरूले आजकाे बैठक अवरुद्ध पारेका थिए।

राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले अर्को विधेयक नल्याएसम्म संसद् बैठक चल्न नदिने एमालेको चेतावनी छ। बैठक अवरोधपछि एमाले अध्यक्ष केपी ओलीले संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्र, संविधान र भूमिको रक्षापछि मात्रै संसद्को गतिरोध हट्ने बताएका छन्।

सोही कारण देखाउँदै एमालेकाे अवरोधपछि २९ मिनेटका लागि स्थगित राष्ट्रिय सभाको बैठकसमेत भोलिसम्मलाई स्थगित गरिएको छ।