मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ २१ आइतबार ०९:५०:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

काठमाडौंका ५० वटै ब्रोकर कार्यालयमा सेयर लगानीकर्ताको ताला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ २१ आइतबार ०९:५०:००

आन्दोलनरत सेयर लगानीकर्ताहरूले काठमाडौंमा रहेका ५० वटै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा सेयर कारोबार गर्दा सरकारले थप कर लगाएकाले काठमाडौंमा रहेका ५० वटै ब्रोकर कार्यालयमा तालाबन्दी गरिएको आन्दोलनरत अगुवा लगानीकर्ता नयन बास्तोलाले जानकारी दिए ।

आर्थिक विधेयकमार्फत सरकारले व्यावसायिक सेयर कारोबारसरह नै कर तिर्नुपर्ने नियम लगाएको भन्दै दुई दिनदेखि लगानीकर्ता आन्दोलित बनेका छन् । विद्यमान पुँजीगत लाभकर दीर्घकालीन पाँच र अल्पकालीन ७.५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने अडान लगानीकर्ताले राखेका छन् ।

आर्थिक विधेयक परिमार्जन नभएसम्म आन्दोलन जारी राख्ने लगानीकर्ताले घोषणा गरेका छन् । बिहीबार पनि लगानीकर्ताले एकाध ब्रोकर कारोबार बन्द गराएका थिए ।

अर्थमन्त्रीले सेयर कारोबारमा कुनै प्रकारको कर नलगाएको बुधबार प्रस्टीकरण दिएका छन् । उनले सेयर कारोबार गर्दा ९९.९९ प्रतिशत कुनै पनि कर नलगाएको दाबी गरेका थिए ।

त्यस्तै, आन्तरिक राजस्व विभागले पनि विद्यमान पुँजीगत लाभकर यथावत् रहेको विज्ञप्तिमार्फत प्रस्ट पारेकाे छ । तैपनि, लगानीकर्ता करको विषयलाई लिएर आक्रोशित भएका छन् ।