१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १९ शुक्रबार
  • Friday, 09 May, 2025
२o८o जेठ १९ शुक्रबार २o:५१:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेशमा नीति तथा कार्यक्रम बहुमतले स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १९ शुक्रबार २o:५१:oo

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०–८१ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको छ । 

शुक्रबारको प्रदेश सभा बैठकमा सभामुख भुवन पाठकले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो। 

त्यसअघि बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सदनमा प्रदेश सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै नीति तथा कार्यक्रमको बचाउ गरेका थिए । 

उनले नीति तथा कार्यक्रममा समेट्न नसकेको प्रतिपक्षीहरूको सुझाव बजेटमार्फत सम्बोधन गर्ने आश्वासन पनि दिए । उनले नीति तथा कार्यक्रममा पनि प्रतिपक्षी दलहरूबाट आएका केही महत्वपूर्ण सुझाव समेटेको दाबी गर्दै छलफलका क्रममा आएका आएका नयाँ सुझावहरूलाई बजेटमा समेट्ने प्रतिबद्धता जनाए । 

मुख्यमन्त्री जम्कट्टेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रतिपक्षी दलको पनि भएकाले यसको कार्यान्वयनका लागि सबैले मिलेर काम गर्नुपर्ने बताए । उनले नीति तथा कार्यक्रमले बागमती प्रदेशलाई सबल, सुशासनयुक्त, आत्मनिर्भर र प्रविधिमैत्री प्रदेशको रूपमा विकास गर्न सक्षम हुने दाबी पनि गरे ।

नीति तथा कार्यक्रममा नेमकिपाका सुरेन्द्र गोसाई र सिर्जना सायजू, एमालेका मधुसुदन पौडेल, प्रकाश श्रेष्ठ र एकालाल श्रेष्ठले संशोधन प्रस्ताव राखेका थिए । उनीहरूको संशाेधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।