Skip This
भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउनुपर्ने अवस्था आएको छ : उपमहासचिव पोखरेल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १९ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o जेठ १९ शुक्रबार १८:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउनुपर्ने अवस्था आएको छ : उपमहासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १९ शुक्रबार १८:४८:oo

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको बताएका छन्।

विकास प्रक्रिया, राजनीतिक प्रक्रिया र समाजको लोकतान्त्रीकरणको प्रक्रियालाई अघि बढाउन भ्रष्टाचार एकदमै घातक रोगको रूपमा देखापरेको उल्लेख गर्दै पार्टी स्कुल विभाग प्रमुखसमेत रहेका पोखरेलले भ्रष्ट मानसिकताविरुद्ध भित्र–बाहिर सबैतिर संघर्ष गर्न जरुरी रहेको औँल्याए।

‘भ्रष्टाचारविरुद्ध एउटा सशक्त अभियान जरुरी छ । अहिले हाम्रो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धकाे कदम अगाडि बढाएको छ,’ उपमहासचिव पोखरेलले भने, ‘अरू क्षेत्रमा देखापरेका भ्रष्टाचारविरुद्ध पनि पार्टी कार्यकर्ताले सशक्त अभियान चलाउन आवश्यक छ । भ्रष्ट मानसिकताविरुद्ध भित्र–बाहिर सबैतिर सशक्त रूपमा संघर्ष गर्न जरुरी छ ।’

माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको माध्यमिक तहको दुईदिने पार्टी स्कुल कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणलाई सदभावना भ्रमणको अर्थमा बुझ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। प्रधानमन्त्रीको भ्रमणलाई लिएर धेरै हौसिने वा नकारात्मक ढंगले प्रस्तुत नगर्नसमेत पोखरेलले आग्रह गरेका छन् ।