मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १९ शुक्रबार
  • Wednesday, 19 March, 2025
२o८o जेठ १९ शुक्रबार १२:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अत्यधिक गर्मीले बाँकेका विद्यालय तीन दिन बन्द 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १९ शुक्रबार १२:४९:oo

बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्न थालेका छन्। नेपालगन्ज उपमहानगरपालिकाले विद्यार्थीलाई तीन दिन गर्मी बिदा दिएको छ। 

अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले यही जेठ २१ देखि २३ गतेसम्म गर्मी बिदा दिइएको नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखाले जनाएको छ।

उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, मदरसा र संस्थागत विद्यालयमा बर्खे बिदाबाट कट्टी हुने गरी तीन दिन बिदा दिने निर्णय गरिएको शाखा अधिकृत लोकेन्द्र शाहीले जानकारी दिए। 

खजुरा गाउँपालिकाले पनि तीन दिनका लागि विद्यालय बन्द हुने जनाएको छ। गाउँपालिकालका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र मल्लले सूचना जारी गर्दै विद्यालय बन्द गर्न निर्देशन दिए। 

अत्यधिक गर्मी भएका कारण विद्यार्थीलाई पठनपाठनमा कठिनाइ भएकाले शिक्षा समितिको निर्णयअनुसार बर्खे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय भएको उनले बताए। नेपालगन्जको अधिकतम तापक्रम ३८ देखि ४१ डिग्रीको हाराहारीमा छ। यसका कारण अत्यधिक गर्मी महसुस गरिएको छ।