मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ८ सोमबार
  • Monday, 25 September, 2023
२०८० जेठ १८ बिहीबार १४:४५:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम २५ जेठमा

Read Time : < 1 मिनेट
२०८० जेठ १८ बिहीबार १४:४५:००

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम २५ जेठमा आउने भएको छ। प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार आगामी आर्थिक वर्ष ०८०–८१ को नीति तथा कार्यक्रम २५ जेठ बिहीबार ल्याउन लागिएको हो।

दिउँसो १ बजे प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम पेस हुनेछ। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम पेस गर्नेछन्। साथै प्रदेशमा बजेटको तयारी पनि तीव्र रूपमा अघि बढेको छ।

अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार बजेट निर्माणको तयारी तीव्र गतिमा अघि बढेको छ। केही दिनअघि बजेटका प्राथमिकतामाथि छलफल भएको थियो।