मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ १८ बिहीबार
  • Friday, 14 August, 2026
२o८o जेठ १८ बिहीबार १३:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गर्मी बढेपछि लहान नगरपालिकाका विद्यालयमा एक हप्ता बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १८ बिहीबार १३:२८:oo

पछिल्लो केही दिनदेखि चर्को घामसँगै बढेको गर्मीले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सिराहाको लहान नगरपालिकाले एक हप्ता बिदा दिएको छ।

नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमले बिहीबार सूचना जारी गर्दै गर्मीको कारणले १७ जेठदेखि २६ जेठसम्म बर्खे बिदाबाट कट्टा हुने गरी नगर क्षेत्रका विद्यालय बन्द रहने जनाएकी हुन्। सूचनाअनुसार बाल विकासदेखि १२ कक्षासम्मको पढाइ हुँदै आएका नगर क्षेत्रका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द रहनेछन्।

गर्मीको कारणले विद्यालयमा बालबालिका बेहोस हुने, ज्वरो आउने क्रम बढेपछि केही दिनका लागि विद्यालय बन्द गर्न अभिभावकले माग गर्न थालेका थिए। पछिल्लो केही दिनदेखि बढ्दै गएको गर्मीको कारणले जनजीवन कष्टकर बन्दै गएको छ। बिहान सबेरैदेखि सुरु हुने गर्मी मध्याह्नसम्म ४० डिग्री सेल्सियससम्म पुग्ने गरेकाले दैनिक कामकाज गर्नसमेत समस्या हुने गरेको छ।