Skip This
प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १७ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ १७ बुधबार १३:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ १७ बुधबार १३:१६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा बुधबार अपराह्न भारत प्रस्थान गरेका छन्। चार दिवसीय भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डकाे बिहीबार मोदीसँग भेटवार्ता हुने कार्यतालिका छ। 

प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीबाहेक राष्ट्रपति र उपराष्ट्रपतिसँग पनि भेट गर्ने कार्यक्रम छ।  मंगलबार पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री एपी साउदले भ्रमणका क्रममा विद्युत् व्यापार विस्तारको एजेन्डालाई महत्व दिइने जानकारी गराएका थिए। 

उनले विद्युत् आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालको ट्रान्समिसन लाइन बनाएर विद्युत् व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँग पनि विद्युत् व्यापारको आधार तयार गर्ने कोसिस गरिने बताए।

यस्तै, भारतसँग थाती रहेका सीमादेखि रहेर अरू मुद्दामा नेपालले आफ्नो दृष्टिकोण राख्ने मन्त्री साउदले जानकारी दिए। 

 

नेपाल र भारतका प्रधानमन्त्रीको तहमा हुने वार्ताको एजेन्डाबारे दुई देशका अधिकारीबीच मंगलबार भारतीय विदेश मन्त्रालयमा छलफल भएको थियो।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयको दक्षिण एसिया डिभिजन प्रमुख रामप्रसाद सुवेदी र भारततर्फको नेतृत्व विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क हेर्ने उत्तर डिभिजन प्रमुख अनुराग श्रीवास्तवले गरेका थिए। उनीहरूबीच बुधबार पनि छलफल हुनेछ। 

यस्ताे छ दिल्लीमा तयारी

बुधबार साँझ प्रधानमन्त्री प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेट गर्दै छन्। प्रचण्ड–मोदीबीच वार्ता बिहीबार बिहान हैदराबाद हाउसमा हुनेछ। प्रधानमन्त्री प्रचण्डसहितका प्रतिनिधिमण्डललाई चाणक्यपुरीको आइसिटी मौर्य होटेलमा बस्ने प्रबन्ध मिलाइएको छ।

तस्बिरहरू : अमुल थापा/नयाँ पत्रिका