मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ १४ आइतबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १४ आइतबार १५:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

१७ अंकले नेप्से घटे पनि काराेबार रकममा वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १४ आइतबार १५:५४:oo

हप्ताको कारोबारको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से आज आइतबार १७.३८ अंकले घटेर १९४१.७४ विन्दुमा झरेको छ।

आज उत्पादन र म्युचल फन्डबाहेक सबै समूहको सेयर ओरालो लागेको छ। बजार घटे पनि कारोबार रकम भने बढेको छ।

दुई सय ७० वटा कम्पनीको ७० लाख ५० हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ६३ करोड ९६ लाख रुपैयाँबराबरको  कारोबार भएको छ। आज सबैभन्दा धेरै शिवम् सिमेन्टको २१ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

आज हिमालयन ऊर्जा विकास कम्पनीको सेयर सबैभन्दा धेरै साढे ६ प्रतिशत तथा न्यादी हाइड्रो र नयाँ साथी लघुवित्त कम्पनीको सेयर पाँच प्रतिशतले ओरालो लागेको छ। समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै युनियन इन्स्युरेन्स कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ।