मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ १३ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १३ शनिबार १२:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भ्रष्टाचारविरुद्ध छिट्टै ठूला एक्सन हुँदै छन् : प्रधानमन्त्री प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १३ शनिबार १२:३७:oo

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्रै भ्रष्टाचारविरुद्ध ठूला ठूला एक्सन हुन लागेको बताएका छन्। प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा एवं २१औँ कृष्ण सेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘१० वर्षे जनयुद्धमा को कति वेला मारिने हो, अत्तोपत्तो नहुने गरी जसरी हाम फालेका थियौँ, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र बेथितिविरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम फालिसकेका छौँ। हामीलाई विरोधीले कति वेला एम्बुसमा पार्ने हो थाहा छैन। जसरी विचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौँ, त्यसैगरी अहिले पनि हामी त्यही संकल्पका साथ लागेका छौँ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा करोडौँ जनताले साथ दिए जसरी अब भ्रष्टाचार र बेथितिविरुद्धको आन्दाेलनमा साथ दिने दाबी गरे। उनले भने, ‘जसरी १० वर्षे जनयुद्धमा लाखौँ करोडौँ जनताको साथ पाएका थियौँ, त्यसैगरी अब पनि हामी साथ पाउनेछौँ। अहिले नदेखिएको मात्रै हो, केही समयभित्रै ठूलाठूला एक्सन हुनेछन्।’

प्रधानमन्त्री प्रचण्डले संसदीय राजनीतिमा विचार र निष्ठाले भन्दा पनि संख्याले काम गर्ने उल्लेख गरे। उनले भने, ‘संसदीय राजनीतिमा सबै संख्याको खेल हुने रहेछ। यो कम्युनिस्टको सभा रहेनछ। विचारले होइन, संख्या र टाउकोले भूमिका निर्वाह गर्ने रहेछ। देशको नेतृत्व लिने संख्यामा हाम्रा टाउका छैनन्।’
 
नेतृत्वमा आएदेखि आफूहरूलाई असफल पार्ने तत्व लागिपरेको भए पनि आफूहरू त्यस्ता घेरालाई छिचोल्दै अघि बढेको प्रधानमन्त्रीको भनाइ छ।