Skip This
कीर्तिपुरकाे टौदहमा सशस्त्र प्रहरीकाे विपद् प्रतिकार्य कृत्रिम अभ्यास 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १३ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १३ शनिबार o९:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कीर्तिपुरकाे टौदहमा सशस्त्र प्रहरीकाे विपद् प्रतिकार्य कृत्रिम अभ्यास 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १३ शनिबार o९:१३:oo

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु, काठमाडौंको आयोजनामा काठमाडौंको कीर्तिपुर नगरपालिका- ६ स्थित टौदहमा शुक्रबार विपद् प्रतिकार्य कृत्रिम अभ्यास सम्पन्न भएको छ।

मनसुनको सुरुवातसँगै बाढी, पहिरो, डुबान एवं विपद्का अनेक घटनाहरूमा चुस्तदुरुस्त रूपमा परिचालन हुनका निमित्त पूर्वतयारीस्वरूप विपद् प्रतिकार्य कृत्रिम अभ्यास सञ्चालन गरिएको बाहिनीपति डिआइजी पुरुषोत्तम थापाले जानकारी दिए। 

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमको प्रमुख आतिथ्यमा सम्पन्न अभ्यासमा उपलब्ध खोज तथा उद्धारका स्रोतसाधनको अधिकतम प्रयोग गरी जिल्ला एवं प्रदेशस्थित विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकाय तथा अन्य सुरक्षा निकायहरूलाई सहभागी गराइएको थियो ।  

बाहिनीस्तरीय कृत्रिम अभ्यास सशस्त्र प्रहरी बल, नेपाल नं. १८ निलबाराही गण बलम्बु र नं. २० विपद् उद्धार गण सिनामंगलको सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रममा अतिरिक्त महानिरीक्षक गौतमले कुनै पनि विपद्को अवस्थामा उद्धारकर्ताले सामना गर्नुपर्ने परिदृश्यको वास्तविकताको झल्को दिने कृत्रिम अभ्यासले विपद् प्रतिकार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने  बताए।

सशस्त्र प्रहरी बल, नेपाललाई राज्य प्रदत्त विभिन्न कार्यादेशमध्ये विपद् व्यवस्थापन एउटा महत्वपूर्ण कार्यादेश भएको उल्लेख गर्दै उनले यस प्रकारका कार्यादेश सम्पन्न गर्न सीप तथा क्षमतायुक्त दक्ष जनशक्ति आवश्यक रहेको  बताए।

कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले सशस्त्र प्रहरी बल, नेपालले प्रदर्शन गरेको पूर्वतयारीको कृत्रिम अभ्यासले विपद् प्रतिकार्यमा परिचालन हुँदा विपदबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरिन्।