मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २६ शुक्रबार
  • Friday, 09 June, 2023
२०८० जेठ १२ शुक्रबार ११:५५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

‘रुस–युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्छ’

Read Time : < 1 मिनेट
२०८० जेठ १२ शुक्रबार ११:५५:००

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन्।

राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवं पूर्वराष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताएका हुन्।

पूर्वप्रधानमन्त्री दिमित्रीले भियतनाम भ्रमणका वेला त्यसो भनेकाे रुसी समाचार एजेन्सीले आरआइएले जनाएको छ। ‘यो द्वन्द्व धेरै लामो समयसम्म चल्नेछ, सम्भवतः दशकौँसम्म चल्नेछ,’ आरआइएले दिमित्रीलाई उद्धृत गर्दै सरकार प्रकाशित गरेकाे छ। 

दिमित्रीले यस्तै प्रायः कडा टिप्पणी गर्छन्। गत महिना उनले युक्रेनी अधिकारीहरूलाई ‘संक्रमण’का रूपमा वर्णन गरेका थिए।

साथै उनले युक्रेनलाई ‘नाजी राज्य’ भनेर टिप्पणी गरेका थिए। मस्कोले पनि सोही शब्द दाबी गर्दै आएकाे छ। गत जनवरीमा उनले रुस पराजित भए आणविक युद्ध सुरु गर्न सक्ने प्रतिक्रिया दिएका थिए।