१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ११ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ११ बिहीबार १३:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नजानेर गल्ती भएको भन्दै गिभिनाले मागिन् माफी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ११ बिहीबार १३:४७:oo

बिपी कोइराला क्यान्सर अस्पतालमा ड्युटीमा रहेका नर्सहरूसँगको विवादको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि विवादित बनेकी गिभिना मगरले माफी मागेकी छिन्।

गिभिनाले नजानेर गल्ती गर्दा नर्सहरूको आत्मसम्मानमा चोट पुगेको भन्दै सार्वजनिक रूपमा माफी मागेकी हुन्। उनले आफ्नो उद्देश्य नर्स पेसा गरिरहेकाहरूमा चोट पुर्‍याउने नरहेको र औषधि समयमा नदिइँदा भएको विवादलाई सामाजिक सञ्जालमा राख्नु भूल भएको बताएकी छिन्।

सामाजिक सञ्जलमा नर्स र स्वास्थ्यकर्मीहरूलाई नकारात्मक टिप्पणी नगरिदिनसमेत उनले आफ्ना समर्थकलाई अनुरोध गरेकी छिन्। गिभिना मगरले गत वैशाख २८ गते बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा प्रशासनको अनुमति नलिई नर्स र बिरामीको कुरुवाबीचको संवादको विषय टिकटकमार्फत सार्वजनिक गरेकी थिइन्।

अस्पतालमा उपचाररत १६ वर्षीया बालिकालाई दिउँसो २ बजे दिनुपर्ने औषधि ४ बजे दिइएको भन्दै विवाद भएपछि उनले वार्डमा रहेका नर्सहरूसँगको भिडियो खिचेर टिकटकमा पोस्ट गरेकी थिइन्। २४ घन्टामा दिने इन्जेक्सन दिउँसो २ बजे लगाउनुपर्नेमा नर्सले ढिला गरेको भन्दै गिभिनासँग विवाद सुरु भएको थियो।

गिभिनाले ती बालिकाको उपचारका लागि आर्थिक सहयोग जुटाउँदै आएकी छिन्। ती बालिका पछिल्लो एक वर्षदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी थिइन्। बुबाको सानै उमेरमा मृत्यु भएको र आमाले अर्को विवाह गरिसकेकाले उनले उपचारका लागि आर्थिक समस्या खेप्दै आएको र अस्पतालमा कार्यरत नर्सहरूले समेत सहयोग गरिरहेका छन्।

उपचार खर्च व्यहोर्न नसकेको भन्दै परिवारका सदस्यहरूले उनलाई अस्पतालबाट घर लगेपछि गिभिनाले आर्थिक सहयोग जुटाएर पुनः अस्पताल भर्ना गरेकी थिइन्।